728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, September 12, 2014

    एउटा मोबाइल फोनको मूल्य ९ करोड !


    काठमाडौं । मोबाइलको शौखिन मानिसहरुका लागि खुसीको खबर छ । एउटा यस्तो मोबाइल आउदै छ जसको मूल्य सुनेर तपाई होस उड्न सक्छ । यो फोन आइफोन ५ ब्ल्याक डाइमण्ड हो । यसलाई एप्पल इण्डस्ट्रीज बनाएको भने होइन ।

     यो फोन विश्वविख्यात डिजाइनर स्टुअर्ट ह्युजले आफ्ना खास ग्राहकका लागि बनाएका हुन् । यसको मुल्य १० लाख डलर अर्थाक करिब ९ करोड रुपैया राखिएको छ । iphone-5 यसमा महंगो र दुर्लभ हीरा जडित छ । यसको अर्को विशेषता भनेको यो पूरै हातले बनाएको हो । 

    जसमा एउटा फोन बनाउनका लागि नौ हप्ता अर्थात लगभग दुई महिना लागेको बताइएको छ । यो फोन बनाउनका लागि पहिले ह्युजले आइफोनको चेसिस बदलेका थिए । जुन काम निकै कठिन थियो । यसपछि उनले यसमा कालो हिरा (ब्ल्याक डायमण्ड) प्रयोग गरेका थिए ।

     यसलाई स्टुअर्ट ह्युज आइफोन ५ को नाम दिइएको छ । स्टुअर्ट ह्युज बेलायतका एक प्रख्यात डिजाइनर हुन् । उनले पछिल्लो समयमा २४ क्यारेट सुनवाला मोबाइल फोन बनाएका थिए ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: एउटा मोबाइल फोनको मूल्य ९ करोड ! Rating: 5 Reviewed By: Unknown
    Scroll to Top