728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, September 16, 2014

    प्रतिकूलतालाई कसरी पार गर्ने ? (पढ्नैपर्ने मिठो प्रेरक प्रसंग )


    प्रतिकूलतालाई कसरी पार गर्ने ?
    (पढ्नैपर्ने मिठो प्रेरक प्रसंग )

    एकपटक विवेकानन्द काशीको एउटा साँघुरो गल्लीमा हिडिरहेका थिए । बाटोमा बाँदरको एक हुलसँग उनको जम्काभेट भयो । उनी डराएर फर्किन थाले । उनी भाग्न लागेको देखेर बाँदरको झुण्ड झन् उनीमाथी खनिन थाल्यो । बाँदरहरूले उनको कपडा च्यात्ने र हिर्काउने गर्न थाले ।

    उनको यस्तो दुर्दशा देखेपछी छेउको घरबाट एकजना मानिस निस्किए र भने 'ए बाबु नभाग, बरू निडर भएर तिनीहरू तिर अघि बढ ।'

    विवेकानन्दले त्यसै गरे, उनी छाती फुलाएर अघि बढे । सारा बादँर पर पर भागे । आक्रमण गर्ने प्रयत्न गर्थे तर सकेनन् ।

    पछी विवेकानन्दले यो घट्ना स्मरण गर्दै भनेका थिए, 'प्रतीकूल स्थिती आए, बाधाहरू आए भने डराएर भाग्नु हुदैन, बरू छाती फुलाएर दृढ निश्चयले अगाडि बढ्नु पर्छ । यसरी नै तिनीहरूबाट पार पाइनुका साथै सफलता हासिल हुनसक्छ ।'
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रतिकूलतालाई कसरी पार गर्ने ? (पढ्नैपर्ने मिठो प्रेरक प्रसंग ) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top