728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, September 16, 2014

    सुनसरीमा ट्रकभित्रै युवतीमाथि सामुहिक बलात्का


    सुनसरी, भदौ ३१ - सुनसरीको हरिपुर १ स्थित कोशी कटानमा सोमबार राती एक युवतीमाथि ट्रकभित्र सामूहिक बलात्कारमा भएको छ । सप्तरीको रुपनीबाट कोशी व्यारेजका लागि आउने क्रममा ट्रकमा चढेकी युवतीलाई ट्रकका चालक, सहचालक र सहयोगीले कोशी कटान क्षेत्रमा ल्याएर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

     प्रहरीले घट्नामा संलग्न रहेको आरोपमा सप्तरी बनिगामाकटी ४ का ३० वर्षका राम यादव, १९ वर्षका चन्द्रदेव यादव र १८ वर्षका सरोजकुमार यादवलाई पक्राउ गरी जवरजस्ती करणी अन्तर्गतको मुद्दा दर्ता गरेको छ । युवतीलाई भने परिवारको जिम्मा लगाईसकेको सुनसरीका प्रहरी उपरीक्षक मसउद आमल खाँले जानकारी दिनुभयो । 

    ट्रकभित्र सामूहिक बलात्कार भइरहेको अवस्थामा शसस्त्र प्रहरीको हरिपुर पोष्टले देखेर युवतीलाई उद्धार गर्नुका साथै तीन जनालाई राती नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको थियो । सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि ट्रक भित्रैबाट युवतीले हात हल्लाएर चिच्याएपछि आफूहरुले ती युवतीको उद्धार गरेको सशस्त्रका श
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सुनसरीमा ट्रकभित्रै युवतीमाथि सामुहिक बलात्का Rating: 5 Reviewed By: Unknown
    Scroll to Top