728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, September 17, 2014

    सन् २०५० मा अर्कै प्रकारको मानवजातिको उत्पत्ति हुने, यस्तो छ बैज्ञानिकको प्रक्षेपण


    सन् २०५० मा अर्कै प्रकारको मानवजातिको उत्पत्ति हुने, यस्तो छ बैज्ञानिकको प्रक्षेपण २०५० सम्ममा पृथ्वीमा अहिलेको भन्दा नयाँ प्रकारको मानव जातिको उत्पत्ति हुने वैज्ञानिकले दाबी गरेका छन् । अत्याधुनिक तथा चरम प्रविधि, व्यवहार तथा प्राकृतिक छनोटको फलस्वरुप नयाँ प्रकारको मानवको विकाश हुने दाबी वैज्ञानिकको छ ।

     ग्लोबल ब्रेन इन्स्टिच्युटका शोधकर्ता क्यान्डेल लास्टका अनुसार मानव जाति अहिले मुख्य क्रमविकाशजन्य संक्रमणमा छ । आगामी ४ दशक भन्दा कम अवधिमै मानिस बढि बाँच्ने, पाको उमेरमा बच्चा पाउने तथा सामान्य मानवीय कार्यका लागि समेत कृत्रिम सूचनामा निर्भर हुने दाबी उनको छ ।

     यस्तो परिवर्तन निकै तिब्र रहेको र यसलाई बाँदरबाट एपमा परिवर्तन तथा एप बाट मानव जातिमा परिवर्तन भएको घटनासँग तुलना गर्न सकिने उनले बताएका छन् । ‘तपाइँको ८० वा १ सय वर्षको उमेर तपाइँका हजुरबा हजुरआमाको भन्दा नितान्त फरक छ । हामीले आफ्नो समयको अधिकांस हिंस्सा भर्चुअल रियालिटीमा बिताउनेछौँ भन्दा कसले पत्याउँछ ?’, उनी भन्छन् । क्रमविकाशका कतिपय वैज्ञानिकहरुका अनुसार सन् २०५० सम्ममा मानिसको औषत उमेर १२० भन्दा बढि हुनेछ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सन् २०५० मा अर्कै प्रकारको मानवजातिको उत्पत्ति हुने, यस्तो छ बैज्ञानिकको प्रक्षेपण Rating: 5 Reviewed By: Unknown
    Scroll to Top