728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, September 17, 2014

    बाँदरको मृत्युमा २ सय युवाले गरे केश मुन्डन


    काठमाडौं, आश्विन १ । भारतको मध्य प्रदेशस्थित डकाचिया गाउँमा एउटा बाँदर मरेपछि मानिसको जस्तैगरी धार्मिक विधिपूर्वक अन्तिम संस्कार गरिएको छ ।

     अपशकुनको डरले बाँदरको अन्तिम संस्कार मात्रै नगरी गाउँका २ सय युवाले केश मुन्डन गर्दै बाँदरको अस्थी हरिद्धारमा लगेर बिसर्जन समेत गरेका छन् । यस्तै, गाउँमा मृत्यु भोजनको आयोजना समेत गरिएको छ ।

     गाउँमा रहेको हनुमान मन्दिरमा बस्दै आएको उक्त बाँदर, कुकुरले लखेट्ने क्रममा पोखरीमा खसेर मरेको थियो । गाउँका बुढापाकाले गाउँमा बादर मर्नु अपशकुन हुने र प्राकृतिक विपत्तिलगायतको कष्ट आउने बताएपछि मरेको बाँदरको धार्मिक विधिपूर्वक अन्तिम संसार गरिएको बताइएको छ । (एजेन्सी)
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बाँदरको मृत्युमा २ सय युवाले गरे केश मुन्डन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top