728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, September 14, 2014

    अमेरिकी नागरिकलाई कोरियामा कडा श्रम शिविरको सजाय


    काठमाडौं, भाद्र २९ । उत्तर कोरियामा अमेरिकी नागरिक म्याथ्यु मिलरलाई छ वर्षको कडा श्रम शिविरमा राख्ने सजाय दिइएको छ । उत्तर कोरियाको एक अदालतले शत्रुतापूर्ण कार्य गरेको भन्दै मिलरलाई सजाय सुनाएको उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले जनाएको छ । 

    पर्यकटकको रुपमा उत्तर कोरिया पुगेका मिलर गत अप्रिलमा पक्राउ परेका थिए । उत्तर कोरियाली अधिकारीहरुले उनीमाथिको वास्तविक मुद्धा स्पष्ट नपारे पनि मिलरले भिसा च्यातेर राजनीतिक शरण मागेको बताएको बीबीसीले जनाएको छ । यसअघि पक्राउ परेका केनेथ वेलाई उत्तर कोरियाको सत्ता हत्याउन कोशिस गरेको आरोपमा १५ वर्षको श्रम शिविरमा पठाइएको थियो ।

     पर्यटकको रुपमा उत्तर कोरिया पुगेका जेफ्रि फोउललाई सार्वजनिक स्थलमा बाइबल छोडेको आरोपमा गत मे मा पक्राउ गरिएको थियो । अमेरिकाले मिलर र अरु दुई अमेरिकीलाई पक्राउ गरेर उत्तर कोरियाले कूटनीतिक सौदाबाजीका लागि मोहोरा बनाएको आरोप लगाएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अमेरिकी नागरिकलाई कोरियामा कडा श्रम शिविरको सजाय Rating: 5 Reviewed By: Unknown
    Scroll to Top