728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, September 13, 2014

    भाइबरबाट अब भिडियो कल गर्न सकिने


    भाइबरबाट अब भिडियो कल गर्न सकिने -

    अब भाइबर प्रयोगकर्ताले भिडियो कलको सुविधा पनि पाउने भएका छन् । एन्ड्रोइड र आइओएस प्रयोगकर्ताका लागि भिडियो कलिङ सेवा सुरु गरिएको हो । पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको मोबाइल म्यासेजिङ एप भाइबरले भिडियो कलिङ सेवा थप गरेको हो ।

     एन्ड्रोइड र आइओएस प्रयोगकर्ताले अब भाइबर ५.० डाउनलोड गरेर सित्तैमा भिडियो कल गर्न पाउने छन् ।आइओएसबाट एन्ड्रोइडमा र एन्ड्रोइडबाट आइओएसमा पनि भिडियो कल गर्न सकिनेछ भने कम्प्युटरमा भाइबर प्रयोग गर्नेलाई पनि भिडियो म्यासेज पठाउन सकिनेछ । भिडियो कलका साथै भाइबरले क्यु आर कोड स्क्यानको सुविधा पनि थपेको छ ।

     यस्तै आइओएसमा फोटो म्यासेज पठाउने सुविधामा सुधार गरेको छ भने एन्ड्रोइडतर्फ भाइबरको डिजाइन परिवर्तन गरेको छ । भाइबरको अहिले विश्वभर ४० करोडभन्दा बढी प्रयोगकर्ता छन् । भिडियो कलको सुविधा थप भएसँगै यसको प्रयोगकर्ता पनि बढ्ने अनुमान गरिएको छ । अहिले भिडियो कलका लागि बढी चल्तीमा रहेको स्काइपलाई पनि यसले चुनौती दिने विश्लेषकले बताएका छन् । यो सेवा लिनका लागि तपाईंको मोबाइलमा भइरहेको अहिलेको भाइबर अपडेट गर्नुपर्छ ।एजेन्सी
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भाइबरबाट अब भिडियो कल गर्न सकिने Rating: 5 Reviewed By: Unknown
    Scroll to Top