728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, September 14, 2014

    ‘एबी’ ब्लड ग्रुप हुने मानिसमा स्मरणशक्तिको समस्या, ओ समूह सबैभन्दा सुरक्षित


    दुर्लभ रक्त समूह र पाको उमेरमा हुने स्मरण शक्तिको क्षयिकरणबीच सम्बन्ध रहेको पछिल्लो अनुसन्धानले देखाएको छ । अमेरिकी अनुसन्धानकर्ताहरुका अनुसार विश्वमा जम्मा ४ प्रतिशत मानिसमा पाइने ‘एबी’ रक्त समूहका मानिसमा उमेर बढेसँगै सोँच्ने तथा स्मरण गर्ने क्षमता क्षयिकरण हुने समस्या अन्य रक्त समूहका मानिसमा भन्दा बढि हुन्छ ।

     न्युरोलोजी पत्रिकामा छापिएको शोध यसअघि भएका अनुसन्धान समेतमा आधारित छ जसले रक्त समूहको सम्बन्ध मुटुको समस्यासँग रहेको निष्कर्ष निकालेका थिए । युनिभर्सिटी अफ वर्मोन्ट, कलेज अफ मेडिसिनका डाक्टर म्यारी कसम्यानको नेतृत्वको वैज्ञानिक टोलीले ४५ वर्ष वा सो भन्दा माथिका ३० हजार अमेरिकीमा अध्ययन गरी यस्तो निष्कर्ष निकालेको हो । ३ वर्षसम्मको अध्ययनकालमा ४ सय ९५ जना सोँच्ने तथा स्मरण क्षमतामा समस्या रहेका मानिसहरु पहिचान गरियो र उनीहरुलाई यस्तो समस्या नभएका अन्य ५ सय ८७ जना मानिसहरुसँग तुलना गरियो ।

     त्यसक्रममा एबी रक्त समूहका मानिसहरुमध्ये स्मरण क्षमतामा समस्या भएका मानिसहरु ६ प्रतिशत थिए, जबकी अन्य रक्त समूहमा यस्तो समस्या केवल ४ प्रतिशत मात्र पाइयो । शोधकर्ताहरुका अनुसार ओ ब्लडग्रुप भएका मानिसहरु मुटु तथा रक्तरोगबाट सबैभन्दा बढि सुरक्षित हुन्छन् र मस्तिष्क पनि सुरक्षित हुन्छ । अनुसन्धानले रक्त समूह र स्मरणशक्तिबीच सम्बन्ध स्थापित गरेपनि आफ्नो मस्तिष्कलाई स्वस्थ राख्न सन्तुलित भोजन गर्ने, नियमित रुपमा व्यायाम गर्ने तथा धूमपान नगर्ने उपाय सबैभन्दा उपयुक्त हुने विज्ञहरुको सुझाव छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ‘एबी’ ब्लड ग्रुप हुने मानिसमा स्मरणशक्तिको समस्या, ओ समूह सबैभन्दा सुरक्षित Rating: 5 Reviewed By: Unknown
    Scroll to Top