728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, September 12, 2014

    गाडीले किचेर साउदीमा १ नेपालीको मुत्यु


    राममणि अधिकारी साउदी अरब । बैदेशिक रोजगारीको शिलसिलामा पांच महिना अघि साउदी अरबको ताबुक आएका धनकुटा दानाबारी ९ का २२ वर्षीय जोगमान तामांग लोप्चनको गाडीले किचेर मृत्यु भएको छ । यहाँ स्थित अल मसार कार वास कम्पनीमा कार्यरत उनको संगै काम गर्ने बंगाली साथीले चलाएको गाडीले किचेर मृत्यु भएको हो ।

     पाँच महिना अघि उनि त्रिपुरेस्वोर स्थित वर्ल्ड वाइड इमप्लोमेंट मार्फत यहाँ आइपुगेका थिए । उनि संगै काम गर्ने साथीहरुको अनुसार सधै झैँ कामको समयमा ग्रहाकले धुन छोडेको गाडी उनि संगै काम गर्ने बंगाली साथीले चलाएर धुने स्थानमा लाने क्रममा उनि किचिएको र घटना स्थलमा नै उनको २४ गते मुत्यु भएको थियो । लाइसन बिना गाडी चलाउने बंगाली हाल प्रहरी हिरासतमा रहेका छन् । 

    विगत १ बर्ष अघि मात्र उनि बिबाह बन्धनमा बधिएका थिए। उनका मालिक फैसल हुएतिले पनि आफ्नो होनहार कामदार गुमाउनु परेकोमा दुख ब्यक्त गर्दै छिट्टो उनको शव नेपाल पठाउने र बिमा बापत मृतकका परिवारले पाहुने क्षतिपुर्ति दिन आफु आतुर रहेको बताएका छन् । हाल उनको शव किङ्ग खालिद हस्पिटलमा रखिएको छ ।

     उनको शव नेपाल फर्काउनको लागि एनआरएनए क्षेत्रीय समन्व परिषद ताबुक , साउदी अरबले नेपाली राजदुताबास र एनआरएनए साउदी राष्ट्रिय समन्वय परिषदलाई जानकारी गराईसकेको जनाइएको छ । यसबारे नेपाली राजदुतबासका उपनियोग प्रमुख हरिसचन्द्र घिमिरे संग जीज्ञासा राख्दा घटनाबारे राजदुतावासलाई जानकारी प्राप्त भइसकेको र तुरुन्तै पर्क्रिया अघि बढाउने जानकारी दिए ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: गाडीले किचेर साउदीमा १ नेपालीको मुत्यु Rating: 5 Reviewed By: Unknown
    Scroll to Top