728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, September 12, 2014

    एसएलसी दिंदा सम्म केटा रहेका नवीन कसरी बनिन् अञ्जली?


    तेस्रो लिङ्गीको जीवनयात्रा समेटिएको डकुमेन्ट्री ‘अञ्जलीः एउटा पृथकयात्रा’ सार्वजनिक प्रदर्शनका लागि तयार भएको छ। निर्माता मिडल वे फिल्मस्ले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै डकुमेन्ट्रीको आउँदो असोज २ मा प्रिमियर गर्ने जनाएको छ। डकुमेन्ट्री ‘अञ्जली’मा नुवाकोटको एउटा विकट गाउँमा नवीन वाइबाको रुपमा जन्मिएको केटा अहिले अञ्जली अर्थात् तेस्रो लिङ्गी बनेको कथा समेटिएको छ। डकुमेन्ट्रिलाई मोहन राईले निर्देशन गरेका हुन्।


     ‘नवीनदेखि अञ्जलीसम्मको यात्रा कसरी सम्भव भयो? एउटा तेस्रो लिङ्गीमार्फत् तेस्रो लिङ्गीहरुको संसारभित्र छिर्ने जमर्को गरेको छ,’ निर्देशक मोहन राईले भने, ‘तेस्रो लिङ्गीले भोग्ने विभेद, लाञ्छना, वर्तमानमा भोगिरहेको संघर्ष र भविष्यको आशालाई पनि उजागर गरिएको छ।’ राईले डकुमेन्ट्रीले दर्शकलाई तेस्रो लिङ्गीको रोचक दुनियाँ र तेस्रो लिङ्गी भएर बाँच्नु पर्ने चुनौतीलाई पनि समेट्ने प्रयास गरिएको बताए। तीन वर्ष लगाएर तयार भएको डकुमेन्ट्रीलाई रमेश धमलाले खिचेका हुन् भने सम्पादन अरुण शर्मा र अञ्जय खड्काले गरेका हुन्। 

    मोहन राईले यसअघि ‘सखी’, ‘कचहरी क्याम्प’ लगायत एक दर्जन डकुमेन्ट्री निर्माण तथा निर्देशन गरिसकेका छन्। कार्यक्रममा उपस्थित अञ्जली लामाले आफू डकुमेन्ट्रीमा समेटिनु खुशीको कुरा रहेको बताइन्। ‘डकुमेन्ट्रीमा तेस्रो लिङ्गीलाई प्रतिनिधित्व गर्न पाउँदा साँच्चिकै खुसी लागिरहेको छ। यसले हाम्रा गार्हािसाह्रा र चुनौतीका बारेमा अवगत गराउने र हामीप्रतिको धारणामा थोरै भए पनि परिवर्तन गराउने विश्वास लिएकी छु,’ अञ्जलीले भनिन्। पाँचजना दाजुभाइमा कान्छा नवीन एसएलसी दिएर नुवाकोटबाट काठमाडौं आएपछि आफू तेस्रो लिङ्गी भएको चाल पाएकी थिइन्। ५० मिनेट समयावधिको डकुमेन्ट्रीलाई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी गराउने र देशमै पनि सार्वजनिक प्रदर्शन गर्ने निर्माण समूहको योजना रहेको छ। 

    नागरिकबाटवाइबाको रुपमा जन्मिएको केटा अहिले अञ्जली अर्थात् तेस्रो लिङ्गी बनेको कथा समेटिएको छ। डकुमेन्ट्रिलाई मोहन राईले निर्देशन गरेका हुन्। ‘नवीनदेखि अञ्जलीसम्मको यात्रा कसरी सम्भव भयो? एउटा तेस्रो लिङ्गीमार्फत् तेस्रो लिङ्गीहरुको संसारभित्र छिर्ने जमर्को गरेको छ,’ निर्देशक मोहन राईले भने, ‘तेस्रो लिङ्गीले भोग्ने विभेद, लाञ्छना, वर्तमानमा भोगिरहेको संघर्ष र भविष्यको आशालाई पनि उजागर गरिएको छ।’ राईले डकुमेन्ट्रीले दर्शकलाई तेस्रो लिङ्गीको रोचक दुनियाँ र तेस्रो लिङ्गी भएर बाँच्नु पर्ने चुनौतीलाई पनि समेट्ने प्रयास गरिएको बताए। तीन वर्ष लगाएर तयार भएको डकुमेन्ट्रीलाई रमेश धमलाले खिचेका हुन् भने सम्पादन अरुण शर्मा र अञ्जय खड्काले गरेका हुन्। मोहन राईले यसअघि ‘सखी’, ‘कचहरी क्याम्प’ लगायत एक दर्जन डकुमेन्ट्री निर्माण तथा निर्देशन गरिसकेका छन्।

     कार्यक्रममा उपस्थित अञ्जली लामाले आफू डकुमेन्ट्रीमा समेटिनु खुशीको कुरा रहेको बताइन्। ‘डकुमेन्ट्रीमा तेस्रो लिङ्गीलाई प्रतिनिधित्व गर्न पाउँदा साँच्चिकै खुसी लागिरहेको छ। यसले हाम्रा गार्हािसाह्रा र चुनौतीका बारेमा अवगत गराउने र हामीप्रतिको धारणामा थोरै भए पनि परिवर्तन गराउने विश्वास लिएकी छु,’ अञ्जलीले भनिन्। पाँचजना दाजुभाइमा कान्छा नवीन एसएलसी दिएर नुवाकोटबाट काठमाडौं आएपछि आफू तेस्रो लिङ्गी भएको चाल पाएकी थिइन्। ५० मिनेट समयावधिको डकुमेन्ट्रीलाई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी गराउने र देशमै पनि सार्वजनिक प्रदर्शन गर्ने निर्माण समूहको योजना रहेको छ। नागरिकबाट
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: एसएलसी दिंदा सम्म केटा रहेका नवीन कसरी बनिन् अञ्जली? Rating: 5 Reviewed By: Unknown
    Scroll to Top