728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, September 15, 2014

    बोगटीको अन्त्येष्टि, छोरीहरुले दिए दागबत्ति (भिडियोसहित)

    काठमाडौं, भाद्र ३० । हृदयघातबाट सोमबार बिहान निधन भएका एकीकृत माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र बोगटीका छोरीहरु प्रतिभा र प्रभाले दागबत्ति दिएका थिए ।

     बोगटीप्रति सशस्त्र प्रहरीको एउटा टुकडीले अन्तिम सलामी दिएको थियो भने त्यसअघि एमाओवादी अध्यक्ष दाहालले पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएका थिए । त्यसअघि बोगटीको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि खुलामञ्चमा राखिएको थियो ।

     खुलामञ्चमा एमाले नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, माओवादीका नेता तथा कार्यकर्ताले बोगटीप्रति श्रद्धान्जली व्यक्त गरेका थिए । त्यसअघि आजै नर्भिक अस्पतालबाट बोगटीको पार्थिव शरीर श्रद्धान्जलीका लागि एमाओवादी मुख्यालय कोटेश्वर लगिएको थियो । जहाँ पार्टीका नेता तथा कार्यकर्ता, नेकपा–
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बोगटीको अन्त्येष्टि, छोरीहरुले दिए दागबत्ति (भिडियोसहित) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top