728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, September 12, 2014

    अनलाईन च्याटले ससुरा बुहारीको डेटिङ


    एजेन्सी । प्रविधीको विकासले मानिसले निकै सहजता प्रदान गरेको छ भने यसले केही असहजता तथा संकट समेत थपेको छ । प्रविधीले जति धेरै सुविधा दिएको त्यसको तुलनामा यसले दिएको संकट, असहजता त कम छ तर, बेला-बेलामा घट्ने घटनाले भने प्रविधीको दुरूपयोग निकै बढेको समेत देखिन्छ । आजकल थोरै पनि प्रविधि अर्थात् इन्टरनेटमा पहुँच भएकाहरू आफुलाई सामाजिक सञ्जालमा व्यस्त राख्न चाहन्छन् । साथीसँग कुरा गर्ने, आफ्ना कुरा सेयर गर्ने जस्ता कार्य गरिने सामजिक सञ्जालमा बढेको फेक आइडी बनाएर च्याट गर्ने, रमाईलो गर्नेहरूका कारण बेला-बेलामा अचम्मका घटना घट्ने गरेका छन् । यस्तै चीनमा भएको एक घटनाले फेक आइडीका कारण ल्याएको संकट तथा असहजतालाई प्रस्तुत गरेको छ ।

     चीनमा सामाजिक सञ्जालमा फेक आइडि बनाएर च्याट गर्दै एक-अर्कासँग नजिकिएर डेटिङका लागि जान खोज्दा जुन घटना घट्यो त्यसले सबैलाई एक पटक जिब्रो टोक्न बाध्य बनाउँछ । आफ्नो फुर्सदको समय कटाउन एउटा फेक आइडि खोलेर एक ५७ वर्षीय बृद्धले साथीहरूसँग च्याट गर्न थाले । यसैक्रममा उनले एक युवतीसँग च्याट गर्न थाले यसैक्रममा उनीहरूबीच लामो कुराकानी भयो र डेटिङ जाने सहमति पनि भयो । यसबीचमा ती बृद्धले युवतीले फोटो मागेपछी आफ्नो सट्टा एक सुन्दरको युवकको फोटो पठाए र युवतीको फोटो समेत मागे । अब डेटिङका लागि दुवैजना राजी भएपछी जब यी दुई एक ठाऊँमा आइपुगे तब दुवै आश्चर्यमा परे । कारण थियो, बृद्धले च्याटमा फकाएकी युवती आफ्नै बुहारी रहिछन् ।

     बृद्धकी बुहारीले पनि आफ्नो फुर्सदको समय बिताउन फेक आइडि बनाएर बृद्धले जस्तै च्याट गर्ने गरिरहेकी थिइन् । यसैक्रममा उनले आफ्नै ससुरालाई च्याटमा भेटिन् कुराकानी सुरू गरिन् । यसक्रममा आफ्नो पति लामो समयसम्म घर बाहिर हुने भएकाले उनले पनि च्याटमा आफुले गफ गरेका मानिसलाई डेटिङमा जान स्विकृती जनाइन् र भेट्न पुगिन् । तर, बिडम्वना डेटिङ जाने व्यक्ति आफ्नै ससुरा भएर निस्किए । यसले दुवैलाई चकित त तुल्यायो यो घटना थाहा पाएपछी बृद्धका छोरा अर्थात् युवतीका पतिले यी दुई विरूद्ध उजुरी समेत गरेपछी यो घटना अदालतसम्म पुगेको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अनलाईन च्याटले ससुरा बुहारीको डेटिङ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top