728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, September 15, 2014

    एसएसपी रमेश खरेलको सरुवा चितवनमा


    वरिष्ठ प्रहरी उपरिक्षक रमेश खरेल सरुवा भएर चितवन आउनुहुने भएको छ । प्रहरी प्रधान कार्यालयले खरेललाई मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा सरुवा गरेको हो ।

     कार्यालयले खरेल सहित ३७ जना बरिष्ठ प्रहरी उपरीक्षक–एसएसपी–हरुको सरुवा तथा हेरफेर गरेको छ । महानगरीय प्रहरी परिसर हनुमानढोकाको प्रमुखमा उत्तम कार्की यथावत रहेका छन् भने अपराध महाशाखामा पुष्कर कार्कीलाई नै कायम गरिएको छ ।

     रमेश खरेल र बिजयलाल कायस्थलाई हेडक्वार्टरले तानेपछि कार्कीद्धय हनुमानढोकामा गएका थिए । अर्का एसएसपी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ ।

     यसअघि उनकै स्थानमा रहेका प्रवक्ता गणेश केसी भने अन्चल प्रहरी कार्यालय लुम्बिनी सरुवा छन् । कायस्थलाई त्रिभुवन अन्तर्राष्ट«िय विमास्थलमा कायम गरिएको छ । यादवराज खनाललाई अख्तियारमा सरुवा गरिएको छ
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: एसएसपी रमेश खरेलको सरुवा चितवनमा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top