728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, September 14, 2014

    कलाकारले अनिवार्य कण्डम लगाउनुपर्दा ...(सबै पढ्न तलको लिंक मा जानु होला)


    एजेन्सी । हाम्रो समाजमा कण्डमको नाम दिनेवित्तिकै जिब्रो टोक्नेहरुमा अलिकति पनि कमी आएको छैन । साहेद यो समाचारमा पनि ‘कण्डम’ शब्द उल्लेख गरिरहँदा पहिले ‘छ्या’ भनेरमात्रै समाचार के हो भनेर पढ्ने बानी हामी सबैमा छ, तर यस्ता कुराहरु केव अश्लिल र मनोरञजनात्मकमात्र नभई शिक्षाप्रद पनि हुने गर्दछ । कुरा हो कलाकारले अनिवार्य रुपमा कण्डम लगाउनुपर्ने व्यवस्थाले चलचित्र उद्योग धरासायी बनेको । यो प्रसङ्ग विश्वकै शक्तिशाली राष्ट अमेरिकाको हो ।

     त्यहाँको लस एन्जलस शहर वयस्क चलचित्र निर्माणमा विश्वमै अग्रणी मानिन्छ । तर पछिल्लो समय स्थानीय सरकारले कन्डम प्रयोग गरेर मात्र वयस्क चलचित्र निर्माण गर्नुपर्ने नीति ल्याएपछि त्यहाँको वयस्क चलचित्र उद्योग धाराशायी हुँदै गएको हो । सन् २०११ मा लस एन्जलसमा ५ हजार वयस्क चलचित्र निर्माण भएका थिए, तर स्थानीय सरकारले वयस्क चलचित्रका कलाकारहरूले अभिनय गर्दा कन्डम अनिवार्य रुपमा लगाउनुपर्ने कानुन बनाएपछि चलचित्र निर्माणमा ९० प्रतिशत गिरावट आएको बताइएको छ । एक अनुमानअनुसार सन् २०१२–०१३ को बीचमा केबल ४० वटा मात्र वयस्क चलचित्र निर्माण भएको एसोसिएट प्रेसले जनाएको छ ।

     करिब २० हजार व्यक्तिले प्रत्यक्ष रूपमा रोजगारी पाएको यो पेसा जोगाउन केही निर्माताले सन्फ्रान्सिस्को र लसभेगासमा गएर सुटिङ गरे पनि यो उद्योग जोगाउन सक्ने स्थिति नभएको सर्वाधिक ठूलो वयस्क चलचित्र निर्माता कम्पनी भिभिड इन्टरटेनमेन्टका प्रमुख स्टिभ ह्रिचले बताएका छन् । स्थानीय सरकारले कलाकारहरूलाई यौनरोग लाग्नबाट जोगाउन त्यस्तो कानुन ल्याए पनि दर्शकले कन्डम लगाएर गरेको अभिनय नरुचाएका कारण समस्या उत्पन्न भएको स्टिभ बताउँछन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कलाकारले अनिवार्य कण्डम लगाउनुपर्दा ...(सबै पढ्न तलको लिंक मा जानु होला) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top