728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, September 12, 2014

    सम्बन्धमा उतार चढाव नगर्न यी ५ काम भुलेर पनि नगर्नुहोस !!


    अधिकाँश जोडीको झगडा पर्छ । झगडाको समयमा एक अर्कालाई चित्त दुख्ने भाषा प्रयोग गर्न दुवै पक्ष उद्दत हुन्छन् । यहाँ त्यस्ता ५ शब्दावलीको चर्चा गरिएको छ जुन झगडाको समयमा कहिल्यै पनि प्रयोग गर्नु हुँदैन । जुनसुकै सम्बन्धमा पनि उतार चढाव आउँछन् नै । सकारात्मक र नकारात्क समय चलिरहन्छ । एउटा सुखद् र स्वस्थ सम्बन्ध त्यस्तो हो जहाँ सामान्य ठाक ठुक परिरहोस् तर रचनात्मक विचारको आदान प्रदानको सीमा सम्म मात्र । यो तिम्रो गल्ती हो झगडा गरेर अन्त्यमा यो सबै तिमीले गर्दा भएको हो भन्ने बानी अधिकाँशमा हुन्छ । तर यसो कहिल्यै पनि नभन्नुस् । 


    यसो गर्दा समस्याको समाधान आउनुको साटो एक अर्कालाई दोषारोपण गर्ने र बाझा बाझ बढ्ने खतरा हुन्छ । बरु यसरी दोषारोपण गर्नु भन्दा के कारणले आफूलाई नराम्रो लाग्यो वा मन परेन भन्ने कुरा खुलस्त भन्नुस् । त्यसो गर्दा तपाइँले जिम्मेवारी महसुस गरेको पनि देखिन्छ । पहिले पनि यस्तै गरेको थियौं तिमीले यसो भनेको पहिलो पटक होइन पहिले पनि भनेका थियो । पहिले पनि गरेको थियौं । यो अधिकाँश झगडा पछि एक अर्कालाई भनिने शब्दावली हो । 

    पुराना कुरा कोट्याउँदा समझदारी बढ्नुको साटो झन विग्रने हुन्छ । बरु अहिलेको समस्याको समाधान यसरी खोज्न सकिन्छ भनेर फरक विषय झिक्नुस् तर पुरानो कुरा कहिल्यै नकोट्टयानुस् । सम्बन्ध विच्छेद गरौं सामान्यतया जोडीहरु एक आपसमा झगडा गरेर आवेगमा आएको बेला सम्बन्ध विच्छेदको कुरा झिक्छन् । तर ख्याल गर्नुस् एक पटक यस्तो पदावली प्रयोग गर्नु भो भने कहिल्यै फिर्ता गर्न मिल्दैन । यसको लागि जतिपटक कसम खाए पनि वा क्षमा याचना गरे पनि क्षमा पाहिँदैन । यदि यस्तो भनाइ फुस्किहाल्यो भने अव कहिल्यै नदोहोर्याउने कसम खानुस् विश्वस्त तुल्याउनुस् ।

     तिमी काम नलाग्ने मान्छे हो ब्यक्तिगतरुपमा होंच्याउने वा हेप्ने भाषा बोल्न थालियो भने झगडा हार जित तिर उन्मुख हुन्छ । नाम नै काडेर गाली गर्दा त झन यस्ले सम्बन्ध सुध्रन नसक्ने अवस्थामा समेत पुर्याउँछ । कहिल्यै पनि डर छेरुवा वा काम नलाग्ने मान्छे भनेर अर्कोलाई नहोच्याउनुस् । बरु मेरो सोंचाइ यस्तो छ । मलाई यस्तो लाग्छ जस्ता भाषा प्रयोग गर्नुस् । यसको छिनोफानो अहिल्यै गरौं झगडा भैरहेको समयमा म सँग यो विषयमा अहिल्यै छिनोफानो गर भनेर नभन्नुस् । त्यसो गर्दा यसै पनि विग्रिएको सञ्चार सम्बन्ध झनै विग्रिने डर हुन्छ । बरु भद्ररुपमा मेरो कुरा सुन । वा मेरो कुरा तिमीले सुनिराखेको छैनौं भनेर सम्झाउँदा रचनात्मक देखिन सक्छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सम्बन्धमा उतार चढाव नगर्न यी ५ काम भुलेर पनि नगर्नुहोस !! Rating: 5 Reviewed By: Unknown
    Scroll to Top