728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, July 18, 2014

    हिमालको यात्रा journey of himal

    लोकतन्त्रको पहरेदारीका लागि - हिमाल
    हिमाल खबरपत्रिका को लक्ष्य भनेकै निर्भीक, स्वतन्त्र पत्रकारिताद्वारा मुलुकमा लोकतान्त्रिक स्थायित्व र त्यसबाट नेपाली समृद्धिको बाटो सहज बनाउनु हो । हिमाल खबरपत्रिका को लक्ष्य भनेकै निर्भीक, स्वतन्त्र पत्रकारिताद्वारा मुलुकमा लोकतान्त्रिक स्थायित्व र त्यसबाट नेपाली समृद्धिको बाटो सहज बनाउनु हो । हामी १४ वर्षदेखि निरन्तर यही लक्ष्यको यात्रामा छौं । हामीले २०४६ पछिको संसदीय व्यवस्थामा 'वाचडग' को भूमिकाबाट माओवादी सशस्त्र विद्रोह र राज्यको प्रतिक्रियालाई नियाल्यौं । नारायणहिटी हत्याकाण्डपछि 'निर्भीक' पत्रकारिताको अर्थ बुझयौं भने जनआन्दोलन २०६२--६३ पनि हाम्रो पत्रकारिताको लागि कोसेढुंगा सावित भयो । पत्रकारिताको क्रममा गत दशकमा हामीले एकातिर सामाजिक न्याय र पहिचानको महत्व अझै बढी बुझायौं भने अर्कोतिर लोकरिझयाईंले अँचेटेको राजनीतिप्रति सतर्क हुन सिक्यौं । हामी एकातर्फ संघीयताको परिभाषाको बहसमा क्रियाशील भयौं भने अर्कातर्फ शान्ति प्रक्रियापश्चातको 'डेमागगी' राजनीतिबारे पाठकलाई सचेत बनाउने प्रयास गरिरह्यौं, विभिन्न भौतिक र मानसिक चुनौती स्वीकार्दै । अहिंस्रक राजनीति, लोकतन्त्र, कानूनी राज्य तथा प्रक्रियागत शासनको रखवारी गर्ने सुरुआती लक्ष्यलाई तलमाथि हुन नदिने गरी । हामी जताबाट आएको होस्, जसरी प्रस्तुत भएको होस्, दक्षिण वा अतिवाम 'डेमागग' लाई चुनौती दिइरहन्छौं-- लोकतन्त्रको स्थायित्व र शान्तिद्वारा मुलुकको आर्थिक सम्भावनालाई वास्तविकतामा परिणत गर्ने गरी । हाम्रा चार प्रस्तुति हिमाल खबरपत्रिका, नेपाली टाइम्स, हिमाल खबर डट कम र नेपाली टाइम्स डट कम मार्फत अगाडि बढाउन हिमाल मिडिया बोर्ड तथा हिमाल मिडियाका एक--एक पेशेवर कटिबद्ध छौं । ७ फागुन २०६९ देखि नयाँ अवतारमा आएको साप्ताहिक खबरपत्रिका हिमाल मार्फत हामी लोकतन्त्रको अझ् सशक्त पहरेदारीको प्रण गर्छौं ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: हिमालको यात्रा journey of himal Rating: 5 Reviewed By: Unknown
    Scroll to Top