728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, July 18, 2014

    नायिका सुस्मा कार्कीदेखि गायक सुगम पोखरेलसम्म ठगीए

    २ साउन, काठमाडौं । ‘वाइड इभेन्ट नेपाल टुर नामक सांगितिक कार्यक्रममा सहभागी विभिन्न विद्यामा ख्याती प्राप्त १४ जना कलाकारहरुलाई ठगिएको पाइएको छ ।

    आयोजकद्धय हरिशरण महत र राजकुमार पटेलले विभिन्न शहरहरुमा १५ दिने सांगितिक कार्यक्रम गरेका थिए । तर, कार्यक्रममा प्रस्तुती गरेवापत सहमति अनुसार पैसा नदिई श्रमशोषण गरेको कालाकारहरुले बताएका छन् ।
    शुक्रबार पत्रकार सम्मेलन गरी पीडित कलाकर्मीहरुले आफूहरुलाई एगि्रमेन्ट अनुसार रकम दिनुको सट्टा उल्टै धम्की दिएको बताए । ४८ घण्टाभित्र पारिश्रमिक नदिए बाध्य भएर ठगी गर्नेहरुलाई कानुनी कठघरामा उभ्याउने उनीहरुले चेतावनी दिए । उनीहरुले पारिश्रमिक बापत करिव १० लाख रकम नदिई श्रमशोषण गरेको भन्दै ठगी गर्नेहरुलाई प्रतिलिपि अधिकार ऐन अन्तर्गतको कारवाही गर्नुपर्ने माग गरेका छन् ।
    राष्ट्रिय संगीतकर्मी संघका महासचिव राजेन्द्र कुमार कार्कीले ४८ घण्टाभित्र कलाकारहरुको पारिश्रमिक नदिए कानुनी उपचारमा जाने बताए ।
    पीडित कलाकार एवम् गायक सुगम पोखरेलले कलाकारहरुलाई आयोजक संस्थाद्धय सान मुभी मेकर्सका प्रोपाइटर तथा पुण्टे परेड तथा आई एम सरीका निर्माता हरिशरण महत तथा स्टेज डेकोर्सका संचालक राजकुमार पटेलबीच आफूहरुले पाउनुपर्ने पारिश्रमिकको बारेमा आर्टिष्ट एगि्रमेन्ट भएको बताए । उनले भने-एगि्रमेन्ट अनुसार नै थोरै पेस्की रकम लिएर हामी कार्यक्रममा सहभागी भएका थियौं तर, कार्यक्रम सम्पन्न भएपछि बाँकी पैसा दिनुको सट्टा हामीलाई धम्की दिँदैछ ।’
    अर्का पीडित १५९ चराको आवाज निकाल्ने कलाकार रमेश दुलालले आफूहरुलाई ठग्ने आयोजकलाई कुनै पनि हालतमा नछोड्ने बताए । गायक प्रकाश कटवाल केसीले आफूहरुले पाउनुपर्ने पारिश्रमिक आयोजकसँग माग्दा उल्टै आफ्नो पहँुच छ तिमीहरुको करियर नै ध्वस्त पारिदिन्छ भन्ने धम्की दिएको बताए ।
    ठगीने कलाकारहरु नायिका सुष्मा कार्की, गायक सुगम पोखरेल, सम्भोज मल्ल, रुपक डोटेल, युवराज चौलागाई, कमल खत्री, गायिका आकांक्षा बस्याल, कार्यक्रम सञ्चालक सुर्जनी केसी, गायिका बुनु राई मानन्धर लगायत छन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नायिका सुस्मा कार्कीदेखि गायक सुगम पोखरेलसम्म ठगीए Rating: 5 Reviewed By: Unknown
    Scroll to Top