728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, July 18, 2014

    प्रेमिकालाई कोठामा बोलाएर सामुहिक बलात्कार

    २ साउन, कञ्चनपुर । कञ्चनपुरको भगतपुर गाउँमा एक युवकले साथीहरुसँग मिलेर आफ्नी प्रेमिकालाई सामुहिक बलात्कार गरेका छन् ।
    महेन्द्रनगर नजिकै पर्ने भगतपुरकी १६ वर्षीया युवतीले आफूलाई सुरेन्द्र भट्टले कोठामा बोलाएर बिहीबार राति साथीको मिलेमतोमा सामुहिक बलात्कार गरेको आरोप लगाएकी छन् ।
    प्रहरीले आरोपीत चारै जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । एसपी राजेन्द्रप्रसाद चौधरीले अनलाइनखबरसँग भने-’आशंकाको आधारमा अनुसन्धान भइरहेको छ । प्रहरीको रिपोर्ट नआएसम्म बलात्कार नै हो भन्न सकिने अवस्था छैन ।’
    मिलेमलोमा शारीरिक सम्वन्ध राखेर बलात्कारको आरोप लगाएको वा बलात्कार हो भन्न नसकिने प्रहरीले बताएको छ  । पक्राउ परेका युवकहरुले बलात्कार गरेको आरोप स्वीकार गरेका छैनन् ।
    सामूहिक बलात्कारपछि रुँदै सडकमा हिडिरहेकी युवतीले वडा प्रहरी कार्यालयलाई घटनाबारे जानकारी गराइकी थिइन् । पीडित युवतीको महाकाली अञ्चल अस्पताललमा शुक्रबार विहान मेडिकल परीक्षण गरिएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रेमिकालाई कोठामा बोलाएर सामुहिक बलात्कार Rating: 5 Reviewed By: Unknown
    Scroll to Top