एजेन्सी । पोर्न फिल्महरुबारे चर्चा हुँदा अश्लीलताबारे निकै कुरा हुने गर्छ । यसलाई मानसिक विकृतिसंग जाडेर हेर्ने गरिएपनि वैज्ञानिकहरुले पोर्न फिल्महरुबारे केही सकारात्मक पक्षहरु पत्ता लगाएका छन् ।
वैज्ञानिकहरुको एक अध्ययनले पोर्नका सकारात्मक पक्षलाई प्रकाशमा ल्याउँदै यसलाई लतका रुपमा लिन नहुने निश्कर्ष निकालेका हुन् । उनीहरुले पोर्न फिल्म हेर्नेहरुको यौन सम्बन्ध बलियो हुने पत्ता लगाएका हुन् ।
आफ्नो ‘सेक्स पार्टनर’ सँग बसेर त्यस्ता फिल्म हेर्नेले यौन जीवन बढी सुखद अनुभूति गरिएको तथ्य अनुसन्धानले देखाएको हो । यस्ता फिल्मले पति पत्नीलाई नैतिक रुपमा पनि बाँध्ने दावी छ । अनुसन्धानले सँगै बसेर यस्ता फिल्म हेर्ने जोडीले अन्य व्यक्तिसँग यौन सम्पर्कका लागि इच्छुक नहुने निश्कर्ष निकालेको छ ।
कुनै पनि व्यक्तिमा हुने यौन कुण्ठालाई समेत समाधान गर्न पोर्न फिल्मले सघाउने बताइएको छ । यस्ता फिल्म हेर्नेहरुमा यौज क्रिया फिल्म हेरेर समेत पूरा गर्न सक्ने र नैतिक बन्धनमा बाँधिन सक्ने अनुसन्धानमा उल्लेख रहेको अमेरिकाको स्प्रिंगर जर्नलले छापेको छ ।
0 comments:
Post a Comment