मीलाई थाहा छ कि हामी धेरै सेक्सका बारेमा सोच्ने गछौँ तरपनि यौनसम्बन्धि शिक्षाको सवालमा अझै पनि धेरै प्रकारका मिथलाई आधार बनाएर कुरा गर्ने गछौँ । एक्काईसौँ शताब्दि इन्टरनेटको जमानामा थुप्रै यौनसम्बन्धित जानकारीहरु पढ्न पाइन्छ तर पनि ती सबै जानकारीहरु सही हुन् या मिथ, छुट्याउन मुश्किल पर्छ ।
तपाईंको यौन जीवनलाई सजिलो गराउनका लागि यहाँ केहि सेक्स भ्रमहरु प्रस्तुत गरिएका छन् जसलाई तपाईंले हजार पटकभन्दा बढि सुनिसक्नुभएको हुनुपर्छ तर कुनै पनि पुष्टि भएका छैनन् ।मुख मैथुनले गर्भवती बनाउँछ संभवतः यो नै सबभन्दा ठूलो गलत मिथ हुनसक्छ । अहिलेको टीनएर्जले पनि यो कुरालाई विश्वास गर्छन् तर सत्य के हो भने मुख मैथुनले गर्भ बस्दैन कुनै महिलाले वीर्य नै निलेको अवस्थामा पनि यो सम्भव छैन ।
स्खलनपूर्व नै उसले निकालेको थियो त्यसैले म सुरक्षित छु यो कुरा पनि सत्य होइन जब कुनै पुरुषको लिङ्ग सम्भोग गर्नको लागि तयार हुन्छ तब उसले तरल पदार्थ निकाल्न थाल्छ त्यसमा पनि सन्तान उत्पादन गर्ने वीर्य रहेको हुन्छ । यदि तपाईं बच्चा नजन्माउने सोचमा हुनुहुन्छ र असुरक्षित यौन सम्पर्क गरिरहनुभएको छ भने तपाईंले पिल्स खानु नै उपयुक्त हुन्छ ।
यो मेरो पहिलो पटक हो, म गर्भवती हुदिनँ पुरानो सोच भएका गृहिणीहरु भन्ने गर्छन् कि कुनै पनि महिला पहिलो पटकको यौन सम्पर्कमा नै गर्भवती हुदिँनन् । सत्य कुरा के हो भने महिला कुनै पनि समयमा गर्भवती हुन सक्छिन् चाहे त्यो उसको पहिलो, दास्रो, तेस्रो पटक नै किन नहोस् । सुरक्षित हुन चाहनुहुन्छ भने कण्डमको प्रयोग गर्नुहोस् ।
उसको ठूलो खुट्टा छ त्यसैले उसको लिङ्गको आकार भन्नसक्छु यो यौनको सबभन्दा पुरानो मिथ हो र यसको चर्चा अहिले पनि रहेको छ जुन सरासर गलत हो । उसको खुट्टा सानो अथवा ठूलो हुनुले उसको गोप्य अंगसँग कुनै सरोकार राख्दैन । सानो उचाइको मानिसको पनि ठूलो लिङ्ग हुनसक्छ ।
महिनावारीमा सम्पर्क राख्दा सुरक्षित भइन्छ यदि तपाईंलाई तत्काल सन्तानको चाहना छैन भने यस्तो कुरामा विश्वास गर्न बन्द गर्नुहोस् । गर्भ रोक्न कुनै पनि तरिका अपनाउनु भएको छैन भने महिला महिनाभर जुनसुकै समयमा पनि गर्भवती हुन सक्छिन् । याद राख्नुहोस् वीर्य यौनसम्पर्क राखेको धेरै दिनसम्म पनि बाँच्ने भएका कारण महिनावारीमा गरिएको सम्पर्कले पनि तपाईं गर्भवती हुनसक्नुहुनेछ ।
कुमारित्व पातलो झिल्लिले निर्धारण गर्छ यस्तो कुरामा विश्वास गर्नु सबभन्दा मूर्खता हो । कुमारित्व बहन गर्ने भनिएको झिल्लि कुनै पनि बेला टुट्न सक्छ यसको यौनसम्पर्कसँग कुनै सम्बन्ध छैन । यो झिल्लि बढि व्यायाम गर्नाले, साइकल चलाउँदा, घोड सवारीमा र पौडी खेल्नाले पनि टुट्न सक्छ ।

0 comments:
Post a Comment