728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, July 24, 2014

    १२ कक्षाका ३ जोडी विद्यार्थी होटलबाट रगेंहात पक्राउ

    धनगढी : कैलालीका विभिन्न उच्च माविहरूबाट कक्षा १२ को परीक्षा दिएर रिजल्टको प्रतिक्षामा बसेका तीन जोडी युवा युवतीलाई विहीबार धनगढीको बसपार्कका दुई होटलबाट यौन क्रियाकलापमा संलग्न भएकै अवस्थामा प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालयको टोलीले धनगढी बसपार्कमा रहेको बझाङ थापा होटलबाट दुई र भुवन रेष्टुरेन्टबाट एक जोडी युवायुवतीहरू पक्राउ गरेको हो।

    बझाङ थापा होटलबाट सुमीत खडका सहितको दुई जोडी र भुवन रेष्टुरेन्टबाट शुसान्त पौडेल सहित युवती सहित पक्राउ परेका हुन । वडा प्रहरीले, अनुगमनका क्रममा कैलालीमा लागु गर्ने भनिएको १० बुँदे होटल आचार संहीतामा होटल व्यवसायीले हस्ताक्षर गरेको भएपनि लागु भने नभएको जनाएको छ।

    केही दिन अघि होटल व्यवसायी, प्रहरी प्रशासनबीच भएको आचार संहीतामा होटलमा बास बस्ने सबैलाई अनिवार्य फारम भर्नुपर्ने, हरेक होटलमा ग्राहकले पालना गर्नुपर्ने नीति तथा नियमहरू टाँस्नु पर्ने, परिचय खुल्ने प्रमाण पत्रको फोटोकपि अनिवार्य रूपमा राख्नु पर्ने सहमति भएको थियो।

    तर त्यो अझै साना होटलहरूले संहिता लागु नगरेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक दिपेन्द्रकुमार पालले बताए। प्रहरीले तीनै जोडी धनगढी र टीकापुरका विभिन्न उच्च माविहरूका विद्यार्थी रहेको जनाएको छ। 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: १२ कक्षाका ३ जोडी विद्यार्थी होटलबाट रगेंहात पक्राउ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top