728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, July 6, 2014

    नाइको बिहेमा राजेश हमाल हेलिकप्टर चार्टर गरेर गए -


    सर्लाही, असार २१। काठमाडौंमा कपाल काट्ने पेसा गर्दै आएका सुरेन्द्र ठाकुरको विवाहमा बबरगंजबासीका लागि ऐतिहासिक भयो । नायक राजेश हमाल उनको विवाहमा सहभागी भएका थिए हेलिकप्टर चार्टर गरेर । शुक्रबार दिउँसो सवा एक बजे हमाल बबरगंजमा उत्रिए ।
    उनको स्वागतमा पूरा गाँउ जुटेको थियो । मैथिलभाषी गाउँमा आफ्नो फ्यानको भीड देख्दा हमाल छक्क परे । उनी आउने खबर सुनेर वरपरका गाउँका समेत प्रशंसक जम्मा भएका थिए । सातवर्षदेखि घरमै गएर कपाल काट्दै आएका नाई सुरेन्द्रको निम्तो स्विकार्दै हमाल हेलिकप्टर चार्टर गरी आएका हुन् ।
    बिहेमा हमाल एक घन्टा बसे । त्यो अवधिमा उनीसँग फोटोखिच्नेको भिड नै लाग्यो । विवाहमा हमाल आएपछि सुरेन्द्रको मुहारमा बेग्लै खुसी छाएको थियो । राजेश हमाल सुटिङ छाडेर विवाहमा आएको सुरेन्द्रले बताए । कान्तिपुर दैनिकमा समाचार छ ।
    -
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नाइको बिहेमा राजेश हमाल हेलिकप्टर चार्टर गरेर गए - Rating: 5 Reviewed By: Unknown
    Scroll to Top