काठमाडौं । दुवै हात नभएर पनि सगरमाथा चढेर विश्व रेकर्ड कायम गरेका सुदर्शन गौतमले एकपछि अर्को गर्दै रेकर्डहरु बनाउँदै गएका छन् ।
खुट्टाले मात्रै सजिलै गाडी चलाएर रेकर्ड राख्ने उनले पछिल्लो समयमा फिल्मकै हिरो बनेर पनि आफ्नो जीवनमा रेकर्ड बनाए ।
अभिनेत्री रेखा थापाले फिल्ममा खेलाउसंगे उनैसंग मन गाँसेर रोमान्समा रहँदै रेकर्ड बनाइरहेको पनि पछिललो समयमा बजार हल्ला छ । सामाजिक सञ्जालमा सुदर्शन र रेखाको स्टाटस र कमेन्टले पनि यस्तै भनिरहेका छन् ।
क्यानडामा स्थायी बसोबार गर्ने सुर्दशनको लागि नेपाल र क्यानडा पानी पँधेरोजस्तै छ । केही दिनअघि मात्र अमेरिकाको न्यूयोर्क पुगेका उनले हात विना नै प्यारासुटमा उडेका दृश्यहरु फेसबुकबाट सार्वजानिक गरेका छन् । निरन्तर विश्व रेकर्ड राख्दै जाने क्रममा हातविना प्यासुटबाट उडेर उनले अर्को रेकर्ड बनाएका हुन् ।
दुवै हात नभएकोमा सुदर्शनले ६ हजार मिटरबाट हाम्फालेर रेकर्ड कायम गरेका हुन् । त्यस्तै अर्को रेकर्डका लागी पनि स्काईड्राइभिंग कम्पनीले प्रक्रिया थालिसकेको उनले जनाएका छन् ।
रेकर्डको खातैखातमा उनलाई २०१४ नोभेम्बर ३ मा क्यानडाले सरकारले आफ्नो सबैभन्दा विशिष्ट अवार्ड ‘हल अफ फ्रेम अवार्ड’ समेत दिँदैछ । सो अवार्ड उनको फोटो क्यानडाको संसदहलमा ससम्मान राखिनेछ ।
रेखा थापासंग रियलमा समेत रोमान्समा रमेका भनिएका सुदर्शनले रिलमा गरेको रोमान्स भने फिल्म ‘हिम्मतवाली’मार्फत आउँदो दशैंको फूलपातीदेखि हेर्न पाइनेछ । हाल दुवेजना यही फिल्मको चयारिटी शो र प्रमोशनमा व्यस्त छन्
0 comments:
Post a Comment