728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, July 7, 2014

    श्री कृष्ण र श्वेताको विवाह नेपालमै अहिले सम्मकै भव्य सेलिब्रेटी विवाह

     काठमाडौँ,२३ असार । आज नेपाली रंग दुनियाका दुई चर्चित जोडीको विवाह हुँदैछ । ती जोडी हुन् कोहिनूर जोडी श्रीकृष्ण र श्वेता खड्का र अर्का कलाकार जोडी अनुप बराल र दिया मास्के ।


    आज सोमबार विवाह बन्धनमा बाधिन लागेको कोहिनूर जोडीले आजै भव्य रिसेप्सन पार्टीको आयोजना गर्दैछ । जसमा एक करोड खर्च हुने अनुमान गरिएको छ । पारिवारिक सदस्यका बीच बिहान वैवाहिक कार्यक्रम तय गरेको जोडीले साँझको रिसेप्सन पार्टीलाई भब्य बनाउन विशेष ध्यान दिएको छ ।

    आफ्नै विजनेस कम्प्लेक्स होटल ईन्देणी गौशालामा हुने रिसेप्सन पार्टीमा फिल्म क्षेत्रका करिब ५ सय ब्यक्तिलाई निम्ता गरिएको बताईन्छ । विशेष गरी बेहुलीको गहना र खानपिनमा ज्यादा खर्च गरिने तयारी कोहिनूर जोडीको छ । यस्तै विवाहको ड्रेसमा पनि उत्तकै खर्च गरेका छन ।

    रिसेप्सन पार्टीमा होटललाई आकर्षक देखाउन सजावटका सामग्री पनि उत्तिकै तयार गरिएको बुझिएको छ । विशेष गरी उक्त पार्टीमा श्रीकृष्ण श्रेष्ठ अभिनित फिल्मका सम्पूर्ण हिट गीतहरुल्राई म्यूजिकल ब्याण्डको साहारामा बजाईने तयारीलाई बिशेष ध्यान दिईएको छ ।

    २७ बर्षे हिरोइन स्वेता खड्का र झण्डै पचास उमेर पुग्न लागेका श्रीकृष्ण श्रेष्ठ विगत ५ बर्षदेखि नजिक रहेका हुन । पारिवारिक दबाब बढेपछि उनीहरुले विवाह गर्ने निर्णय गत बैशाखमा लिएका थिए ।

    श्री कृष्ण  र स्वेता मिलेर निर्माण गरेको चलचित्र कोहिनूर श्रावण २३ देखि रिलिज हुँदैछ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: श्री कृष्ण र श्वेताको विवाह नेपालमै अहिले सम्मकै भव्य सेलिब्रेटी विवाह Rating: 5 Reviewed By: Unknown
    Scroll to Top