728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, July 7, 2014

    शैनिक हेलिकोप्टर दुर्घटना, बाह्रको मृत्यु

    शैनिक हेलिकोप्टर दुर्घटना, बाह्रको मृत्यु
    **********************************************************************************
    भियतनाममा सोमबार बिहान सैनिक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका १२ जना सैनिकको ज्यान गएको राजधानी राजधानी हनोईबाट प्राप्त समाचारमा जनाइएको छ।
    सो दुर्घटनामा परी अन्य केही सैनिक घाइते भएका बताइएको छ। राजधानी हनोईमा नै सोमबार एका बिहानै सो हेलिकोप्टर दुर्घटनामा परेको हो।
    रसियामा बनेको एमआई १७१ हेलिकोप्टर सैनिक तालिमका क्रममा सोमबार बिहान राजधानी हनोईमा दुर्घटनामा परेको सैनिक अधिकारीहरुले जनाएका छन्।
    सो हेलिकोप्टरबाट सैनिक अधिकारीहरुलाई प्यारासुटसम्बन्धी तालिम दिइएको थियो। तालिमकै क्रममा सो दुर्घटना परेको हो।
    आफ्नो नाम बताउन नचाहने एकजना सैनिक अधिकारीले सो हेलिकोप्टरमा कम्तीमा पनि २१ जना सैनिक रहेका र दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको जानकारी दिए।
    हामीले दुर्घटनास्थलको भ्रमण गरिसकेका छौं र यसको कारणका बारेमा पनि अनुसन्धान सुरु गरिसकेका छौँ– उनले बताए।
    एकजना प्रत्यक्षदर्शीले सो हेलिकोप्टर भुइँमा खस्नुभन्दा अघि निकै नै अप्ठेरो गरी चलिरहेको बताए। त्यसपछि अकस्मात भुइँमा खस्यो र एक्कासि आगोलाग्यो–उनले भने।
    सुरुमा अनौठो आवाज आयो र माथि आकासमा हेर्दा हेलिकोप्टर निकै नै अप्ठेरोगरी चलेजस्तो देखिएको थियो। पछि हेर्दाहेर्दै सो हेलिकोप्टर भुइँंमा खस्यो।

    Photo: शैनिक हेलिकोप्टर दुर्घटना, बाह्रको मृत्यु ********************************************************************************** भियतनाममा सोमबार बिहान सैनिक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका १२ जना सैनिकको ज्यान गएको राजधानी राजधानी हनोईबाट प्राप्त समाचारमा जनाइएको छ। सो दुर्घटनामा परी अन्य केही सैनिक घाइते भएका बताइएको छ। राजधानी हनोईमा नै सोमबार एका बिहानै सो हेलिकोप्टर दुर्घटनामा परेको हो। रसियामा बनेको एमआई १७१ हेलिकोप्टर सैनिक तालिमका क्रममा सोमबार बिहान राजधानी हनोईमा दुर्घटनामा परेको सैनिक अधिकारीहरुले जनाएका छन्। सो हेलिकोप्टरबाट सैनिक अधिकारीहरुलाई प्यारासुटसम्बन्धी तालिम दिइएको थियो। तालिमकै क्रममा सो दुर्घटना परेको हो। आफ्नो नाम बताउन नचाहने एकजना सैनिक अधिकारीले सो हेलिकोप्टरमा कम्तीमा पनि २१ जना सैनिक रहेका र दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको जानकारी दिए। हामीले दुर्घटनास्थलको भ्रमण गरिसकेका छौं र यसको कारणका बारेमा पनि अनुसन्धान सुरु गरिसकेका छौँ– उनले बताए। एकजना प्रत्यक्षदर्शीले सो हेलिकोप्टर भुइँमा खस्नुभन्दा अघि निकै नै अप्ठेरो गरी चलिरहेको बताए। त्यसपछि अकस्मात भुइँमा खस्यो र एक्कासि आगोलाग्यो–उनले भने। सुरुमा अनौठो आवाज आयो र माथि आकासमा हेर्दा हेलिकोप्टर निकै नै अप्ठेरोगरी चलेजस्तो देखिएको थियो। पछि हेर्दाहेर्दै सो हेलिकोप्टर भुइँंमा खस्यो। .
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: शैनिक हेलिकोप्टर दुर्घटना, बाह्रको मृत्यु Rating: 5 Reviewed By: Unknown
    Scroll to Top