728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, July 8, 2014

    बालिकाको शरीरभरि रौं



    child
    अनुहार र शरीरमा रौं भएकी झापा दुवागढीकी लमु डोल्मा तामाङ । तस्बिरः पर्वत पोर्तेल/कान्तिपुर
    काँकडभिट्टा, असार २४ - झापा दुवागढी-४ की अढाई वर्षीया लमु डोल्मा तामाङको अनुहार र शरीरभर रौंले ढाकेको छ । अनुहारको दायाँ पाटो हेर्दा जोकोहीलाई झस्काउँछ, शिरदेखि पैतालासम्म रौंका कारण पुरै कालो छ ।
    दुई दिनअघि छिमेकको बिहेमा गएकी उनीप्रति सबैको ध्यान तानियो । बेहुला-बेहुलीभन्दा उनलाई हेर्नेको भिड लाग्यो । 'के भएको, कसरी भएको भनेर हैरान लगाउँछन्,' हजुरबा लखमानले भने । बेलाबेलामा उनी आफैंले आमालाई सोध्छिन्, 'मेरो अनुहारमा के भएको ?' आमा नाजबाफ हुन्छिन् ।
    अनुहारको आधा भाग डरलाग्दो देखिन्छ, कसैले कालो पोतिदिएजस्तो । 'जन्मिएका बेला सानो र कालो धब्बा मात्र देखिन्थ्यो,' तामाङले भने, 'पछि बढ्दै गएर यो हविगत भयो ।' परिवारले उपचारका लागि पहल नगरेको होइन । तर, चिकित्सकले ठूलो भएपछि मात्र उपचार गर्न सुझाएका छन् । उनी हुर्किंदै जाँदा समस्या पनि थपिँदो छ ।

    विपन्न परिवार उनको अवस्थाबारे सधैं चिन्तित छन् । तर, कमजोर आर्थिक अवस्थाका कारण चिन्ता हटेको छैन । 'काठमाडौंमा उपचार हुने सुनेको छु,' तामाङले भने, 'त्यहाँसम्म पुग्ने हैसियत छैन ।' उनका बाबु प्रकाश वैदेशिक रोजगारीमा छन् । त्यहाँ कमाएको रकमबाट छोरीको उपचार गर्ने उनको धोको छ
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बालिकाको शरीरभरि रौं Rating: 5 Reviewed By: Unknown
    Scroll to Top