728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, July 20, 2014

    टुँडिखेलमा इन्दिरा जोशीले भनिन्, ‘साथीहरु सेफसेक्स’

    साउन ४ काठमाडौं । शनिबार टुँडिखोलमा भएको कन्सर्टमा गायिका इन्दिरा जोशीले दर्शकहरुलाई कम्मर मर्काइ–मर्काइ नचाइनन् मात्र उनले यौनजन्य रोगबाट बच्नको लागि सुरक्षित यौन सम्बन्धको चेतना पनि दिइन्  ।

    शनिबार टुँडिखेलमा भएको ‘मास मोविलाइजेसन अन एचआइभी एड्स एण्ड ड्रग एब्युज विहेवियर चेन्ज’ कन्र्सटमा उपस्थित भएका दर्शकहरुलाई उनले सुरक्षित यौन सम्बन्ध राखेर यौन रोगबाट जोगिन आग्रह गरेकी हुन् ।

    आफ्नो प्रस्तुतीको लागि स्टेज चढ्ने वित्तिकै उनले भनिन्, ‘साथीहरु सेफ सेक्स है’ साथै उनले एचआइभी एड्सका बारेमा कुरा गर्न लाज मान्न नहुने पनि बताइन् ।

    कन्सर्टमा जोशीले उध्रेको चोली गीत प्रस्तुत गरेर सहभागीहरुलाई नचाइन भने आफूले पनि कम्मर मर्काइन् । भारतीय दूतावास र स्वास्थ्य मन्त्रालयको सहयोगमा संचालित कार्यक्रममा इन्दिरा जोशी, विनोद खुम्बुको साथमा विभिन्न ब्याण्डले आफ्नो प्रस्तुती दिएका थिए ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: टुँडिखेलमा इन्दिरा जोशीले भनिन्, ‘साथीहरु सेफसेक्स’ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top