728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, July 8, 2014

    गरिब युवकमाथि गायकले गोली चलाएपछि.‘.एकाग्रहको नयाँ भिडियो.(भिडियोसहित)


    आषाढ २४ । प्रेममा धनी र गरिबीको अवस्थाले पनि ठूलो अर्थ राख्छ । धनी युवतीसँग सच्चा प्रेम गर्ने एक युवकको मार्मिक भिडियोले यसको अर्थ प्रष्ट पारेको छ । गरिब युवासँग प्रेम रोमान्समा रमाइरहेकी युवती आफ्नै दाईबाट विभिन्न समयमा गुन्डाको शैलीमा आक्रमणमा परे पनि सफल नभएपछि गायक आफैले गोली हानेर युवकको हत्या गरेको दृष्यले प्रेमको पागलपन देखाएको छ । गायक डि वन आफैले चलाएको गोलीले युवकको हत्या भएको म्यूजिक भिडियो भर्खरै बजारमा आएको छ । डि वन एण्ड एकाग्रह व्याण्डले तयार पारेको ‘अब’ एल्बममा समेटेको ‘ससुराली घर..’ बोलको गीतमा गायक डि–वनले आफैले हत्या गरेको दृष्य कैद गरिएको छ ।
    पूर्वेली लोकव्लुज शैलीको गीतमा पूर्वेली ठेट शब्दहरु प्रयोग गरिएको छ । उडल्याण्ड होटल परिसरमा सुटिङ गरिएको भिडियोमा मोडलहरु विवेक खतिवडा, सुरभी मानन्धर, सागर घिमिरे लगायतको प्रमुख भूमिका रहेको छ । फराज अर्पणले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाङ्कन गरेका हुन् । source : imagekhabar
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: गरिब युवकमाथि गायकले गोली चलाएपछि.‘.एकाग्रहको नयाँ भिडियो.(भिडियोसहित) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top