728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, July 8, 2014

    १२ हजार माहुरीले लाज छोपिदिन्छन् यी महिलाको

    आजकल चर्चामा आउन मानिसहरु अनेक उपाय अपनाउँछन् । टपलेस र र निर्वस्त्र भएर फोटो सेसन गरे करियर फलिफाप होला भन्ने धेरै युवतीको कल्पना हुन्छ ।

    तर, यहाँ हामी उमेरले चालिस कटिसकेकी महिलाको कुरा गर्दै छौं जो टपलेस भएर ध्यान र नृत्य गर्छिन् ।


    उनको शरीरको माथिल्लो भागमा कपडा छैन, तर उनलाई आफ्ना गोप्य अंगको सुरक्षा गर्न कुनै चिन्ता पनि छैन । किनकी उनको सुरक्षामा जुटेका छन १२ हजार माहुरी ।

    ४४ वर्षकी सारा मापिली आफूलाई माहुरीको रानी भन्न रुचाउँछिन्, जसलाई पुष्टि गर्न उनले टपलेस भएर १२ हजार माहुरीले आफ्नो बक्षस्थल ढाकेकी छन् ।

    माहुरीहरु आफ्नो नाङ्गो शरीरमा एकपछि अर्को गर्दै आएर बस्दा उनमा डरको कुनै संकेत देखिएन, बरु उनी निकै शान्त थिइन् । शिरमा ताज लगाएकी उनी ध्यानसँगै आध्यात्मिक नृत्य गरिरहेकी थिइन् ।

    ‘पहिलो तहमा बस्ने माहुरीहरुले टोक्छन त्यसैले सुरुमा निकै दुख्छ’ उनी भन्छिन् –‘तर, त्यो दुखाईभित्र आनन्द लुकेको छ ।’

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: १२ हजार माहुरीले लाज छोपिदिन्छन् यी महिलाको Rating: 5 Reviewed By: Unknown
    Scroll to Top