काठमाडौ – ‘गयो खाडीमा जाकिन’ नेपाली जिब्रोले पहिले देखि नै फट्कार्न जानेको वाक्य हो यो । अर्थात कोही मान्छे डुब्यो भन्ने अर्थ बुझाउँछ यसले ।
तर पछिल्लो एक दशकमा नेपालमा मेसन, कार्पेन्टर, हाउसमेड जसरी चल्तिका शव्द भएका छन् खाडी त्यसको पर्याय बनेको छ । त्यसैले खाडीमा हिजोआज सवै जाकिन्नन् उत्रिनेहरु पनि छन् त्यही खाडीमा ।
पाल्पाकी सीतादेवी चापागार्इं । लवज पुरै हिन्दी भइसकेको छ । नहोस् पनि किन ‘४ साल’ भयो दुवईमा एक भारतीय परिवारको चुलोचौको सम्हालेको । यही बीचमा ‘तनखा’ पनि त ७ सय दिरामबाट बढेर १२ सय पुग्यो । अहिलेको चल्तीको दरमा नेरुमा हिसाब गर्दा त्यो मासिक ३१ हजार भन्दा केही बढी हुन्छ ।
त्यही ‘तनखा’ ले नेपालमा दुईछोरा र श्रीमान् सहितको परिवारको गुजारा चलेको छ । बस्ने बास थिएन । दुवईकै कमाईले नेपालमा ओत लाग्ने बास तयार भयो । अब त छोरा पनि हुर्किसके । ‘ठूलोबाबु’ १२ कक्षा पढ्ने भयो । त्यसैले अब छोराबाट पालो पाइएला भन्ने आश लागेको छ उहाँलाई ।
दुबईको अल गुवैवा मेट्रो स्टेशनको चौरमा बसेर गफिईरहँदा एउटा मिठो पश्चिमा लोकभाका बज्यो उहाँको मोवाइलमा । दुबईमै भएका कोही चिनारुले फोन गरेछन् । आखिर तिनै आफन्तसँगको भेटघाट र यस्तै गीतले आफु नेपालमै भएको झल्को दिन्छ रे ।
दुबईमा शुक्रवारे छुट्टी कहिले आउला भने झैं हुन्छ कामदारलाई । बिहानको भात खाइसकेपछि पायक पर्ने पार्क नेपालीका भेटघाट गर्ने थलो हुन् ।
लाखौं नेपाली भएको शहरमा केही सय मान्छे एकै थलोमा जम्मा हुनु नौलो पनि होइन । तिनै खुल्ला चौर धेरै नेपालीका हप्ताभरीका दुःख मेट्ने र आउँदो हप्ताका लागि ऊर्जा थप्ने ठाउँ हुन् ।
त्यहीँ गफिंदै थिए पाल्पाली मिना भट्टराई, सप्तरीकी झुना बिक र अघाखाँचीकी सीतादेवी चापागाईं । ‘मेडम र सर’ कस्ता छन्, ‘तनखा’ नियमित दिन्छन्-दिन्नन्, काममा कुनै ‘तकलिफ’ छ छैन ? उनीहरुको गफको मेलो यही थिए ।
कस्तो छ त अरबी मुलुकको घरायसी काम ? देश खाएर शेष भएकी सप्तरीकी झुना बिकका लागि त्यो काइदाको काम हो । यसअघि नै साउदी र ओमान चहारेर दुई वर्षअघि दुबई छिरेकी ४३ बर्षकी झुनाका लागि सबैभन्दा सजिलो चाही दुबई नै भयो ।
साउदीमा तीन बर्ष बस्दाको अनुभव भने उति रसिलो छैन उहाँसँग । बाहिर हिंड्दा बुर्का लाएर हिंडेकी झुनालाई त्यो अनुभवले अचम्मै बनाएछ । ‘सुरु सुरुमा त सासै फेर्नै मुस्किल हुन्थ्यो । झ्याप्ल्याङ्गै के ले छोपे जस्तो हुने । त्यस्तो पनि खेपेर आइयो है’ खित्का छोडेर हाँस्नुअघि जमिनको झार चुँड्दै उहाँले एकफेर साउदीको पुरानो कहर सम्झिनु भयो ।
तर खाडीमा सबैतिर घरेलु काम सजिलो हुन्न भन्ने हल्ला चैं उहाँलाई बेकारको लाग्छ । ‘हामी आइमाईलाई नेपालमा भन्दा राम्रो छ ।
यता नआएकाहरुले बित्थामा चलाएको हल्ला हो यो’ उहाँको निश्कर्ष यही हो । ‘उमेर बितेपछि आएर के कमाउनु ? न काम गर्न सकिन्छ न कमाउन नै । बेकारमा रोकिराख्या छन्’ ६ बर्षे खाडी बसाईको अनुभव सुनाउँदै झुमाले भन्नुभयो ।
पाल्पाकी मिना भट्टराईको अनुभव पनि उहाँसँगै मिल्दोजुल्दो छ । दुबईकै एउटा भारतीय परिवारको घरधन्दा गर्ने मिना ‘आफु भलो त जगत भलो’ भन्नुहुन्छ । दुबई बसाईका पाँच बर्षमा आफुलाई कुनै समस्या नपरेको र अरुलाई परेको पनि थाहा नपाएको भन्दै उहाँ नेपाली पुरुषले नै कतिपय महिलालाई ठगेका घटना भनें भएको बताउनुहुन्छ ।
दिदीबहिनीहरु आफैं सचेत हुनुपर्छ, बाँकी सवैकुरा आफैं ठीक हुन्छ–उहाँले बुझेको पनि यही हो । ३० बर्षे उमेर हदले नेपाली महिलाका लागि काम गरिखाने ढोका बन्द गरेको भन्दै त्यसलाई हटाउनु आवश्यक छ भन्ने ठहर छ मिनाको पनि ।
तर खाडीका मुलुकको घरेलु काम उति सजिलो र सुरक्षित नभएको भन्दै नेपाल सरकारले झण्डै दुई बर्षअघि ३० बर्ष भन्दा कम उमेरका महिलालाई घरेलु काममा पठाउन बन्देज लगाएको छ ।
हुन त बन्देजका बावजुद त्रिभुवन विमानस्थलमै ‘सेटिङ मिलाएर’ वा भारतीय बाटो प्रयोग गरी खाडीका मुलुकमा घरेलु कामदार पठाउन रोकिएको छैन । त्यसैले महिला अझ जोखिममा पर्ने भन्दै खासगरी गैरसरकारी संघसंस्थाले उमेरहद हटाउन दबाव दिइरहेका छन् ।
तर सरकार भनें अझै यसलाई पुरै हटाइहाल्ने ‘मुड’मा छैन । श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ खासगरी साउदी सरकारले नेपालबाट घरेलु कामका लागि कामदार लैजान जोडवल गरिरहे पनि नेपाल त्यसमा उति उत्साहि नरहेको बताउनुहुन्छ ।
यति हुँदाहुँदै पनि सरकारलाई उमेर हद हटाउन ठूलै दबाव भने परिरहेको छ ।
सरकारी अधिकारीहरु उमेर हद हटाउन इच्छुक नरहे पनि दवाव बढ्दै गएपछि यसलाई ऐन संशोधनको एक अंग बनाइने र त्यसले नै अहिलेको बन्देजलाई सम्वोधन गर्ने बताउँछन् । श्रम सचिव श्रेष्ठ त्यसका लागि गृहकार्य भइरहेको र छिट्टै त्यसलाई श्रम तथा रोजगार मन्त्रालयले मन्त्रीपरिषद मार्फत संसदमा पठाउने बताउनुहुन्छ ।
तर उमेर हदको बन्देज फुकुवाले मात्रै महिलाको बैदेशिक रोजगारीलाई सुरक्षित नबनाउने तर्क छ अधिकारकर्मीहरुको ।
महिलाको बैदेशिक रोजगारको यात्रालाई सुरक्षित र मर्यादित बनाउन क्रियाशिल गैरसरकारी संस्था ओरेककी संस्थापक समेत रहेकी अधिकारकर्मी डा. रेणु राजभण्डारी मुख्य कुरा सुरक्षित बैदेशिक रोजगारका बारेमा सुसूचित गराउनु रहेको बताउनुहुन्छ ।
त्यसमा अहिलेसम्म सरकारले खासै धेरै ध्यान नदिएको भन्दै राजभण्डारी त्यसो नगरिएसम्म बन्देज लगाउने वा फुकुवा गर्ने कामले मात्रै महिला सुरक्षित नहुने तर्क गर्नुहुन्छ ।
तर पछिल्लो एक दशकमा नेपालमा मेसन, कार्पेन्टर, हाउसमेड जसरी चल्तिका शव्द भएका छन् खाडी त्यसको पर्याय बनेको छ । त्यसैले खाडीमा हिजोआज सवै जाकिन्नन् उत्रिनेहरु पनि छन् त्यही खाडीमा ।
पाल्पाकी सीतादेवी चापागार्इं । लवज पुरै हिन्दी भइसकेको छ । नहोस् पनि किन ‘४ साल’ भयो दुवईमा एक भारतीय परिवारको चुलोचौको सम्हालेको । यही बीचमा ‘तनखा’ पनि त ७ सय दिरामबाट बढेर १२ सय पुग्यो । अहिलेको चल्तीको दरमा नेरुमा हिसाब गर्दा त्यो मासिक ३१ हजार भन्दा केही बढी हुन्छ ।
त्यही ‘तनखा’ ले नेपालमा दुईछोरा र श्रीमान् सहितको परिवारको गुजारा चलेको छ । बस्ने बास थिएन । दुवईकै कमाईले नेपालमा ओत लाग्ने बास तयार भयो । अब त छोरा पनि हुर्किसके । ‘ठूलोबाबु’ १२ कक्षा पढ्ने भयो । त्यसैले अब छोराबाट पालो पाइएला भन्ने आश लागेको छ उहाँलाई ।
दुबईको अल गुवैवा मेट्रो स्टेशनको चौरमा बसेर गफिईरहँदा एउटा मिठो पश्चिमा लोकभाका बज्यो उहाँको मोवाइलमा । दुबईमै भएका कोही चिनारुले फोन गरेछन् । आखिर तिनै आफन्तसँगको भेटघाट र यस्तै गीतले आफु नेपालमै भएको झल्को दिन्छ रे ।
दुबईमा शुक्रवारे छुट्टी कहिले आउला भने झैं हुन्छ कामदारलाई । बिहानको भात खाइसकेपछि पायक पर्ने पार्क नेपालीका भेटघाट गर्ने थलो हुन् ।
लाखौं नेपाली भएको शहरमा केही सय मान्छे एकै थलोमा जम्मा हुनु नौलो पनि होइन । तिनै खुल्ला चौर धेरै नेपालीका हप्ताभरीका दुःख मेट्ने र आउँदो हप्ताका लागि ऊर्जा थप्ने ठाउँ हुन् ।
त्यहीँ गफिंदै थिए पाल्पाली मिना भट्टराई, सप्तरीकी झुना बिक र अघाखाँचीकी सीतादेवी चापागाईं । ‘मेडम र सर’ कस्ता छन्, ‘तनखा’ नियमित दिन्छन्-दिन्नन्, काममा कुनै ‘तकलिफ’ छ छैन ? उनीहरुको गफको मेलो यही थिए ।
कस्तो छ त अरबी मुलुकको घरायसी काम ? देश खाएर शेष भएकी सप्तरीकी झुना बिकका लागि त्यो काइदाको काम हो । यसअघि नै साउदी र ओमान चहारेर दुई वर्षअघि दुबई छिरेकी ४३ बर्षकी झुनाका लागि सबैभन्दा सजिलो चाही दुबई नै भयो ।साउदीमा तीन बर्ष बस्दाको अनुभव भने उति रसिलो छैन उहाँसँग । बाहिर हिंड्दा बुर्का लाएर हिंडेकी झुनालाई त्यो अनुभवले अचम्मै बनाएछ । ‘सुरु सुरुमा त सासै फेर्नै मुस्किल हुन्थ्यो । झ्याप्ल्याङ्गै के ले छोपे जस्तो हुने । त्यस्तो पनि खेपेर आइयो है’ खित्का छोडेर हाँस्नुअघि जमिनको झार चुँड्दै उहाँले एकफेर साउदीको पुरानो कहर सम्झिनु भयो ।
तर खाडीमा सबैतिर घरेलु काम सजिलो हुन्न भन्ने हल्ला चैं उहाँलाई बेकारको लाग्छ । ‘हामी आइमाईलाई नेपालमा भन्दा राम्रो छ ।
यता नआएकाहरुले बित्थामा चलाएको हल्ला हो यो’ उहाँको निश्कर्ष यही हो । ‘उमेर बितेपछि आएर के कमाउनु ? न काम गर्न सकिन्छ न कमाउन नै । बेकारमा रोकिराख्या छन्’ ६ बर्षे खाडी बसाईको अनुभव सुनाउँदै झुमाले भन्नुभयो ।
पाल्पाकी मिना भट्टराईको अनुभव पनि उहाँसँगै मिल्दोजुल्दो छ । दुबईकै एउटा भारतीय परिवारको घरधन्दा गर्ने मिना ‘आफु भलो त जगत भलो’ भन्नुहुन्छ । दुबई बसाईका पाँच बर्षमा आफुलाई कुनै समस्या नपरेको र अरुलाई परेको पनि थाहा नपाएको भन्दै उहाँ नेपाली पुरुषले नै कतिपय महिलालाई ठगेका घटना भनें भएको बताउनुहुन्छ ।
दिदीबहिनीहरु आफैं सचेत हुनुपर्छ, बाँकी सवैकुरा आफैं ठीक हुन्छ–उहाँले बुझेको पनि यही हो । ३० बर्षे उमेर हदले नेपाली महिलाका लागि काम गरिखाने ढोका बन्द गरेको भन्दै त्यसलाई हटाउनु आवश्यक छ भन्ने ठहर छ मिनाको पनि ।
तर खाडीका मुलुकको घरेलु काम उति सजिलो र सुरक्षित नभएको भन्दै नेपाल सरकारले झण्डै दुई बर्षअघि ३० बर्ष भन्दा कम उमेरका महिलालाई घरेलु काममा पठाउन बन्देज लगाएको छ ।
हुन त बन्देजका बावजुद त्रिभुवन विमानस्थलमै ‘सेटिङ मिलाएर’ वा भारतीय बाटो प्रयोग गरी खाडीका मुलुकमा घरेलु कामदार पठाउन रोकिएको छैन । त्यसैले महिला अझ जोखिममा पर्ने भन्दै खासगरी गैरसरकारी संघसंस्थाले उमेरहद हटाउन दबाव दिइरहेका छन् ।
तर सरकार भनें अझै यसलाई पुरै हटाइहाल्ने ‘मुड’मा छैन । श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ खासगरी साउदी सरकारले नेपालबाट घरेलु कामका लागि कामदार लैजान जोडवल गरिरहे पनि नेपाल त्यसमा उति उत्साहि नरहेको बताउनुहुन्छ ।
यति हुँदाहुँदै पनि सरकारलाई उमेर हद हटाउन ठूलै दबाव भने परिरहेको छ ।
सरकारी अधिकारीहरु उमेर हद हटाउन इच्छुक नरहे पनि दवाव बढ्दै गएपछि यसलाई ऐन संशोधनको एक अंग बनाइने र त्यसले नै अहिलेको बन्देजलाई सम्वोधन गर्ने बताउँछन् । श्रम सचिव श्रेष्ठ त्यसका लागि गृहकार्य भइरहेको र छिट्टै त्यसलाई श्रम तथा रोजगार मन्त्रालयले मन्त्रीपरिषद मार्फत संसदमा पठाउने बताउनुहुन्छ ।
तर उमेर हदको बन्देज फुकुवाले मात्रै महिलाको बैदेशिक रोजगारीलाई सुरक्षित नबनाउने तर्क छ अधिकारकर्मीहरुको ।
महिलाको बैदेशिक रोजगारको यात्रालाई सुरक्षित र मर्यादित बनाउन क्रियाशिल गैरसरकारी संस्था ओरेककी संस्थापक समेत रहेकी अधिकारकर्मी डा. रेणु राजभण्डारी मुख्य कुरा सुरक्षित बैदेशिक रोजगारका बारेमा सुसूचित गराउनु रहेको बताउनुहुन्छ ।
त्यसमा अहिलेसम्म सरकारले खासै धेरै ध्यान नदिएको भन्दै राजभण्डारी त्यसो नगरिएसम्म बन्देज लगाउने वा फुकुवा गर्ने कामले मात्रै महिला सुरक्षित नहुने तर्क गर्नुहुन्छ ।

0 comments:
Post a Comment