काठमाडौं, आषाढ २४ । विभागीय मन्त्रीको स्वीकृति बिना नै कार्यबहाक प्रधानमन्त्रीको ठाडो आदेशमा सहसचिव भरतराज सुवेदीको सरुवा गरिएको भन्दै सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आक्रोश पोखेका छन् । आज राजधानीमा भएको कार्यक्रममा मन्त्री पण्डितले सहसचिव सुवेदीको सरुवाका लागि आफूले मन्त्रिपरिषदमा कुनै प्रस्ताव नलगेको स्पष्ट पारे ।
प्रस्ताव लैजाने अर्थमन्त्री डा. रामशरण महत र बैठकको अध्यक्षता गर्ने कार्यबाहक प्रधानमन्त्री बामदेब गौतमले सुवेदी सरुवाको निर्णयको नैतिक जिम्मेवारी लिनुपर्ने उनले बताए । उनले पीआर लिएका कर्मचारीहरुलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता समेत जनाए ।
सामान्य प्रशासनमन्त्री पण्डितले विवादित पृष्ठभूमि र अष्टे«लियाको पीआर लिइसकेका कारण सुवेदीको सरुवासम्बन्धी विषयमा छलफल गर्न डाकिएको मन्त्रिपरिषद बैठकमा समेत आफू सहभागी नभएको बताए ।
मन्त्रिपरिषदको हिजो बसेको वैठकले सहसचिव सुवेदीलाई अर्थमन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो । सुवेदीलाई केही वर्ष पहिले अख्तियारले भ्रष्टाचार आरोपमा कारबाही समेत गरेको थियो ।
सुवेदीको सरुवाले एमाले महाधिवेशनमा समेत हलचल ल्याएको छ । एमाले प्रतिनिधिहरुले सुवेदीको सरुवालाई लिएर कार्यबाहक प्रधानमन्त्री बामदेव गौतमलाई र्याखर्याख्ती पारेको थिए ।
0 comments:
Post a Comment