728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, July 10, 2014

    कुनै पनि जटिल समस्या रोग नै किन नहोस हासेरै जित्नु पर्छ ..भन्ने कुरालाई .. मदन कृष्णा श्रेष्ठले देखाएका छन्..

    २६ असार, काठमाडौ । रोग लाग्यो भने धेरैले लुकाउने बानी हुन्छ । भन्नै पर्‍यो भने पनि बिरामीले आफ्नो समस्या आधामात्र भन्ने गर्छन् ।


    अपहेलित हुने डरले परिवारका सदस्यलाई समेत खुलेर आफ्नो समस्या भन्दैनन् । जब रोगले थला पार्छ त्यसपछि उपचारका लागि अस्पताल जाने प्रवृत्तिले धेरैको जीवन जोखिममा पर्ने गरेको छ ।

    यस्ता घटना नेपाली समाजका लागि नौला होइनन् । तर हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अरुभन्दा पृथक र साहसिक रुपमा प्रस्तुत हुने कोशिस गरेका छन् ।

    आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
    कलाकारिताको माध्यमबाट समाजमा विभिन्न विषयमा जनचेतना फैलाउन र नागरिकलाई सचेत गराउन सफल श्रेष्ठले आफ्नो जीवनमा आइपरेको दःखलाई डटेर समाना गरेका छन् ।

     पार्किन्सबाट पीडितश्रेष्ठको नेपालमै शल्यक्रिया भएको छ । स्रोतले भन्यो,’मन दह्रो बनाएर अगाडि नबढेको भए श्रेष्ठलाई यस्तो सफलता मिल्ने थिएन । उनले हाँसेरै रोगलाई जिते । जसमा नेपाली न्युरो सर्जनको हात महत्वपूर्ण छ ।’

    आत्मविश्वासले मानिसलाई जटिल समस्याबाट मुक्ति दिन सक्छ भन्ने उदाहरण बनेका छन् कलाकार श्रेष्ठ । जीवनमा लामो समय कलाकारितामा बिताएका उनले भने,’मलाई देखिएको समस्याको उपचार अत्यन्तै जटिल र महँगो मानिन्छ । तर यसमा चिकित्सक सफल भएका छन् ।

     मलार्य खुसी लागेको छ ।’
    पार्किन्सनको उपचारका लागि विभिन्न अस्पताल धाएका श्रेष्ठ पार्किन्सलाई जितेपछि यो रोगका बारेमा भएका भ्रम चिर्दै जनचेतना फैलाउने अभियानमा जुट्ने भएका छन् । 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कुनै पनि जटिल समस्या रोग नै किन नहोस हासेरै जित्नु पर्छ ..भन्ने कुरालाई .. मदन कृष्णा श्रेष्ठले देखाएका छन्.. Rating: 5 Reviewed By: Unknown
    Scroll to Top