728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, July 11, 2014

    धेरै टेलिभिजन हेरे चाँडो मरिन्छ

    प्रतिदिन तीन घण्टा वा सो भन्दा बढी समय टेलिभिजन हेर्ने वयस्क मानिसको कुनै पनि कारणले चाँडै मृत्यु हुने खतरा बढ्ने पाइएको छ । यसका साथै अनुसन्धानकर्ताहरूले वयस्कलाई नियमित रूपमा शारीरिक अभ्यास गर्न, लामो समय निस्क्रिय नरहन र दिनमा एक दुई घण्टा मात्र टेलिभिजन हेर्न सुझाव दिएका छन् । स्पेनको नाभारा विश्वविद्यालयमा जनस्वास्थ्य विभागका प्रमुख तथा मुख्य अनुसन्धानकर्ता डा. मिगेल मार्टिनेज गोन्जालेजले भन्नुभएको छ– टेलिभिजन हेर्नु र निस्क्रिय जीवनबीच सम्बन्ध छ र विश्वमा अचेल निस्क्रिय रहने प्रवृत्ति बढ्दै गएको छ । टेलिभिजन हेरेर बढी समय व्यतित गर्ने वयस्क व्यक्ति चाँडै मर्ने खतरा दोब्बर हुने उहाँको अनुसन्धानको निष्कर्ष छ ।
    अनुसन्धान टोलीले स्पेनी विश्वविद्यालयमा पढेका तथा औसत उमेर ३७ भएका १३ हजार २८४ जना स्वस्थ व्यक्तिमाथि तीन प्रकारको निस्क्रिय जीवन टेलिभिजन हेर्ने, कम्प्युटर चलाउने र गाडी हाँक्नेको अनुसन्धान गरेको थियो । ती व्यक्तिको अनुगमन आठ वर्ष दुई महिनासम्म गरियो र त्यस अवधिमा ती मध्ये ९७ जनाको मृत्यु भयो । १९ जना मुटुसँग सम्बन्धित समस्याले, ४६ जना क्यान्सर र ३२ जना अन्य समस्याले मृत्यु भएको थियो ।
    अमेरिकन हर्ट एसोसिएसनको जर्नलमा यस अनुसन्धानका बारेमा जानकारी दिँदै भनिएको छ– प्रतिदिन तीन घण्टा वा सो भन्दा बढी समय टेलिभिजन हेर्ने मानिसको मृत्यु खतरा सो भन्दा कम समय टेलिभिजन हेर्नेको तुलनामा दोब्बर हुन्छ । कम्प्युटर प्रयोग र गाडी हाँक्ने सम्बन्धमा थप अनुसन्धान आवश्यक रहेको औँल्याइएको छ । एजेन्सी
    स्रोत : सम्बाद मिडिया
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: धेरै टेलिभिजन हेरे चाँडो मरिन्छ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top