728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, July 11, 2014

    यौन क्षमता बढाउने तरिका

    हालैको एउटा अनुसन्धानमा दाबी गरिए अनुसार, गुलियो पेय पदार्थको सेवन गर्ने पुरुषको उर्वरता/सन्तान उत्पादन क्षमता (फर्टिलिटी) घट्दै जाने जोखिम बढी हुन्छ, वीर्यको गति कम हुँदै जान सक्छ ।
    १८ वर्षदेखि २२ वर्षसम्मका १ सय ८९ युवाहरूको खानपान अभ्यासबारे अनुसन्धान र वीर्य परीक्षणपछि वैज्ञानिकहरू यो निष्कर्षमा पुगेका हुन् । यो अनुसन्धान ‘ह्युमन रिप्रोडक्सन’ जर्नलमा प्रकाशित छ । त्यसमा उल्लेख भए अनुसार, गुलियो पेय पदार्थको उपयोगका कारण पुरुषमा फोलिकल स्टुमेलिटिङ हार्मोनसमेत कम हुन्छ । दिनहुँ कम्तीमा तीनपटक गुलियो पेय पदार्थ लिने पुरुषमा यो खतरा बढी हुन्छ । गुलियो पेय पदार्थको सेवन पुरुषका लागि सोडाभन्दा पनि खतरनाक हुन सक्छ । भाङले पनि गर्छ असर भाङ खानाले पनि पुरुषको प्रजनन क्षमतामा असर पर्ने रहेछ । यसले शुक्रकीटको आकारलाई प्रभावित पार्ने रहेछ । सेफिल्ड र म्यानचेस्टर विश्वविद्यालयका अध्ययनकर्ताहरूद्वारा गरिएको र ‘ह्युमन रिप्रोडक्सन’ जर्नलमै प्रकाशित भएको यो अनुसन्धान अनुसार, भाङ खाने व्यक्तिले घरजमको योजना बनाइराखेका छन् भने तिनले यो अम्मल छोडिहाल्नुपर्छ ।
    उक्त अध्ययनमा बि्रटेनका करिब १४ प्रजनन केन्द्रमा आएका २ हजार २ सय ४९ जनालाई सहभागी गराइएको थियो । त्यसमा, जीवनशैलीसँग जोडिएको कुने पनि कारकले कसरी शुक्रकीटको आकारलाई प्रभावित गर्न सक्छ भन्ने थाहा पाउने प्रयास गरिएको थियो ।
    अनुसन्धाताहरूको निष्कर्ष अनुसार, भाङ खानाले शुक्रकीटको आकार ठूलो हुँदो रहेछ र अप्रभावकारी पनि । - स्रोत ; सम्बाद मिडिया
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: यौन क्षमता बढाउने तरिका Rating: 5 Reviewed By: Unknown
    Scroll to Top