728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, September 4, 2014

    मालपोतका नासु घुस लिँदालिँदै पक्राउ


    पोखरा, भाद्र १९ । कास्की जिल्ला मालपोत कार्यालयका नायब सुब्बा कृष्णप्रसाद पनेरु १० हजार रुपैयाँ घुस लिँदालिँदै अख्तियारको फन्दामा परेका छन् ।

     सेवाग्रहीसँग घुस लिइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले आज पनेरुलाई उनकै कार्यकक्षबाट पक्राउ गरेको हो ।

     पनेरुले पोखरा–११ मणिपालका मनोरथ बास्तोलाको जग्गाको हाल साविक गर्नका लागि १० हजार रुपैयाँ मागेको र बास्तोलाले अख्तियार कार्यालयमा उजुरी दिएपछि अख्तियारले छापा मारेको हो ।

     पनेरु अहिले अख्तियारको थुनामा रहेको र छानविनपछि भ्रष्टाचारको अभियोगपत्र पेस गरिने अख्तियारले जनाएको छ
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मालपोतका नासु घुस लिँदालिँदै पक्राउ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top