728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, September 4, 2014

    प्रेमीले चुम्बन गर्दा प्रेमिकाको यस्तो बिजोग

    एजेन्सी ।बेलायतमा एक युवकले आफ्नी प्रेमिकाको ओंठमा चुम्बन गर्दा ओंठ च्यातेर अंगभंग गरिदिएका छन् । प्रेमिका अरुसँग नजकिने डरले ती युवकले यस्तो हर्कत गरेको स्वीकार उनले गरेका छन् ।बेलायतको टाइनसाइडमा बस्ने रिस कुले नामका युवकले आफ्नी गर्लफ्रेन्ड श्याटलसँग २ वर्ष देखि सम्बन्धमा थिए ।उनी हरुबीच राम्रो सम्बन्ध पनि चलिरहेको थियो । एकदिन उनीहरुबीच चुम्बन शुरु भयो युवकले युवतीलाई ओंठमा चुम्बन गरेर युवतीको ओंठ नै च्यातिदिए ।


    यो चुम्बनको अन्त्य डरलाग्दो भयो । चुम्बनपछि युवतीको नाकबाट निरन्तर रगत बग्न थाल्यो र उनको माथिल्लो ओंठमा प्रेमिका दाँतका डाम बसे । उनको अनुहार नै पुरै रक्ताम्मे भएको थियो ।युवतीले जवर्जस्ती युवकलाई आफूबाट हटाइन् तर आफ्नो अनुहार हेर्दा उनलाई डर लाग्यो । यो घटनापछि उनले आफ्नै ब्वाइफ्रेन्डलाई अदालत पुर्‍याइन् ।


    युवतीले आफूलाई चुम्बन् गर्दा कसैले प्रेम गरेको भन्दा पनि दुश्मनी निकालेको जस्तो अनुभव भएको बताएकी छिन् । पुलिसले युवकलाई गिरफ्तार गर्‍यो र उनीसँग सोधपुछ पनि गर्‍यो ।शूरुमा आफूले प्रेमिकालाई टोकेको अस्वीकार गरेका उनले पछि भने प्रेमिकाले आफूलाई छोड्ने डरले यसो गरेको स्वीकार गरे ।युवतीले ओंठमा चुम्बन गर्दा गर्दै युवकले आफ्नो नाकमा टोकेको बताएकी छिन् । अदालतले युवकलाई अरुलाई हानी पुर्‍याएको ठहर गर्दै सजाय दिएको छ ।। 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रेमीले चुम्बन गर्दा प्रेमिकाको यस्तो बिजोग Rating: 5 Reviewed By: Unknown
    Scroll to Top