सिन्धुपाल्चोक, २२ भदौं, सिन्धुपाल्चोकको सुनकोशीको कृतिम ताल गएराति अकस्मात फुटेपछि रातिबाटै आसपासका तल्ले तटीए क्षेत्रका सर्वसाधारण आतंकीत् भएका छन् । सुनकोशीको कृतिम ताल गएराति एक बजे अकस्मात टेकानपुर गाविस तर्फबाट फुटेको पुष्टि भएको छ ।
स्थानीय कृष्ण कार्कीले दिएको जानकारी अनुसार नेपाली सेनाले तालको पानी बगाउनका लागि यसअघी नै खनेको स्थानबाट ताल फुटेको हो । काठमाडौं डायरीका अनुसार स्थानीय तथा तटीय क्षेत्रका केहि सर्वसाधारणले पानीको वहाव आफ्नो जग्गा जमीन भएको ठाउंबाट नबगाउन भन्दै सेनालाई अवरोध गरेपछि सेनाले सो स्थानमा पानी बगाउन बजन्द गरेर पहिरो झरि रहेको स्थान बाटै पानी बगाएको थियो ।
अहिले पानीले आफैं धार निर्धारण गरेको छ र साउन १८ गते देखि पानी भित्र पुरिएको सानिमा हाइड्रो पावरको पुरै भवन तथा अरनीको राजमार्गको करिव एक किलो मिटर क्षेत्र देखिएको छ । अहिले दावी खोला माथिको रहेको एउटा वस्ति समेत देखिएको छ भने जुरेमा तालमा छोपीएका केहि घर तथा दावी तर्फ जाने झोलुंगे पुलको केहि भाग समेत देखिएको छ ।
पानी करिव २० मिटर तल घटेको छ । पानी ड्याम साईडमा रहेको ुनकोशी जलविद्युत् केन्द्रको ड्याम पुलको सतहलाई छोएर बगिरहेको छ । यसले पुल समेत बगाउन खेतरा बढाएको छ । पानी पुलको एउटा कुनामा हानी रहेको छ, ड्यामसाइडको पुरानो वस्ति भएको ठाउंबाट पानी बगेको छ । पानीले आफैं निर्धारण गरेको टेकानपुर तर्फको धारले अहिले पहिरो तानि रहेको र सेनाले बनाइरहेको बाटो समेत पहिरोमा पर्न लागेको स्थानीयले जनाएका छन् ।
कुतिम तालको पानी एक साताको अवधीमा केहि घटेको थियो र कान्ले खोला माथिबाट झरि रहेको पहिरो सोझै नदिको धारसम्म आइपुग्ने गरेको थियो । त्यसअघी केहि दिन पहिरो माथिबाट खसेर बीच मै जम्मा भइरहेकाले पहिरो बगेको स्थानमा अस्थायी बाटो समेत बनाइएपनि दुई दिन अघी उक्त अस्थायी बाटो समेत बगेर नदिको धारमा मिसिएको थियो ।
आज मध्यराति एक्कासी नदिमा खोलाको प्रवाह बढ्यो । अहिले मदिले खाडीचौर बजारमा रहेको पुल छुनै लागेको छ, खाडी चौर स्कुल भवन नदिको मानिको सतह पसिसकेको छ, खाडीचौर बाट स्थानीय देव बम्जनले काठमाडौ डायरीलाई भने पुरै बजार र तटिय वस्ति खाली गराइसकियो । दुई साताको अवधीमा ताल अव सुरक्षीत् छ, फुट्दैन भन्ने विश्वासमा पुर्ववत् अवस्थामा फर्किएका जुरे भन्दा तल्ले भेगका सर्वसाधारण राति दुई बजे र्नै घर छाडेर अग्लो स्थानमा गएर बसेका छन् ।
ताल फुटेमा सवैभन्दा पहिले त्यसको धारले नजिकैको ड्याम साईडको वस्ति कटान गर्छ, तर अहिलेसम्म ड्यामसाइड्मा पानीको प्रवाह मात्र बढेको छ, हामी माथि डांडामा पुगीसक्यौं, स्थानीय देव श्रेष्ठले भने ताल फुटेको हो अथवा हैन निश्चित् छैन तर नदिको पानी दोव्वर बढेको छ । सर्वसाधारण जताततै भागाभागको अवस्थामा छन्, सबैले घर खाली गरिसके ।
डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर रमेश दृष्तिले ताल खोल्ने भन्दा पनि बाटो खुलाउने प्रयास भइरहेको अवस्थामा खोलाको पानी बढेको खवर आएको र उज्यालो नभएसम्म केहि भन्न नसकिने बताए । खोलामा पानी निकै बढेको हो, तर पानी कताबाट थपियो त्यो स्पष्ट छैन, उनले भने केहि घण्टापछि स्पष्ट हुन्छ ।
ताल फुटेको हल्लापछि पहिरोबाट विस्थापीत् भएर तल्लो तटिए क्षेत्रका विभिन्न भागमा बसेकाहरु पनि अहिले शिविर छाडेर भागेका छन् । उता बाह्रविसे बजार र सुनकोशी बजारका नागरिक पनि अहिले घर छाडेर धमाधम भाग्न थालेको स्थानीय व्यापारी कृष्ण कार्कीले बताए । सिन्धुपाल्चोक जिल्ला प्रसासन कार्यालयले भने अहिले नै यसै भन्न नसकिने जवाफ दिएको छ ।
गत साउन १७ गते राति मांखा र राम्चे गाउंको सिमानामा रहेको कान्ले खोला माथिबाट पहाडै खस्दा १३ घण्टासम्म थुनिएको सुनकोशीले बनाएको कृतिम ताल अहिलेसम्म खोल्ने प्रयास असफल हुंदा यस्तो अवस्था आएको हो । हाल ताल रहेको उक्त स्थानमा ८० ओटा भन्दा बढी घर पुरिएका छन् भने नजिकै रहेको पहिरोमा पुरिएका १ सय भन्दा बढीको लाश अझै भेटीएको छैन
.jpg)
0 comments:
Post a Comment