728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, September 8, 2014

    प्रहरीको बासस्थान नै भाडामा ? (सबै पढ्न तलको लिंक मा जानु होला)

     इन्दिरा घिमिरे, इलाम २२ भदौं,  जिल्ला प्रहरि कार्यालय सहित जिल्लामा रहेका ३४ प्रहरी इकाईहरु मध्ये ९ वटा भाडाको घरमा संचालन भई रहेका छन् ।  आाफ्नै भवन अभाव भए पछि भाडामा बसेका प्रहरीहरु दयनिय अवस्थामा चौकिबाट शान्ति सुरक्षाको काम हेर्न बाध्य छन् । सिङ्गो जिल्लाको सुरक्षाको जिम्मा लिएको जिल्ल प्रहरी कार्यालयका भवनहरु समेत जिर्ण भन्दै गइरहेका छन् । जिल्ला प्रहरी कार्यालय आफ्नै घरमा रहे पनि बर्षा याममा पानि चुहिएर भित्ताहरु लड्ने अवस्थामा पुगेको कार्यालयले जनाएको छ ।

            जमुना, रक्से, मंगलवारे, समालबुङ्ग र जिल्ला प्रहरी कार्यालय लगायतका भवनहरु जिर्ण अवस्थामा रहेको र कति बेला ठुलो पानी परेकाबेला पर्खाल लड्छ र दुर्घटना निम्तन्छ भन्ने पत्तो छैन अरुलाई सुरक्षा दिने ठाउँमा प्रहरीहरु आफै असुरक्षीत रुपमा सेवा दिनुपरि रहेको छ र पानी चुईएर कागज पत्र समेत बिझ्ने अवस्था छ प्रहरी नायब उपरक्षक अनुपम शमसेर जबराले बताए । हाल श्रीअन्तु, महमाई, गोलाखर्क, इरौटार, नयँबजार, आमचोक, बन्दुके प्रहरी चौकी र जिल्लामा रहेको ट्रफिकको आफनो भवन नभएकाले भाडामा रहेर काम गरिरहेको र भाडाका भवनहरु पनि जिर्ण अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

         जिल्लका प्रहरि चौकि भवनहरु दस बर्षे सशस्त्र द्वन्दका क्रममा तत्कालिन नेकपा माओबादिबाट ध्वस्त पारिएका थिए ।अहिले शान्ति तथा पुन निर्माण मन्त्रालयको सहयोगमा द्वन्दमा क्षेती भएका भवनहरुलाई थामिकता दिई चार चरणमा केही चौकी हरु निर्माण भएका छन् । पहिलो चरणमा रहेको पेल्टीमारी र दानवारी चौकी र दोस्रो चरणमा फिक्कल , श्रीअन्तु र आमचोक प्रहरी चौकी रहेकोमा फिक्कल चौकी को निर्माण कार्य सम्पन्न रहेको र श्रीअन्तु र आमचोकको निर्माण कार्य दुई महिना भित्रमा सम्पन्न भई आफनै भवनबाट सेवा सुबिधा दिन थाल्ने र तेस्रो चरण अन्तर्गत महमाई चौकी निर्माणाधिन अवस्थामा रहेको र चौथो चरणको पशुपतिनगर चौकी टेन्डर प्रक्रियामा रहेको प्रहरी नायब उपरीक्षक जबराले बताए ।

        पुर्न निर्माण भएका भवनहरु शान्ति तथा पुननिर्माण मंत्रालयको सहयोगमा निर्माण भएको र प्लेटीमारी प्रहरी कौकी को लगत ५९ लाख ९६ हजार, दानावरी चौकीको ६० लाख ९ हजार फिक्कल प्रहरी चौकीको ९१ लाख ६२ हजार श्रीअन्तु प्रहरी चौकीको ९८ लाख ५४ हजार, आमचोक प्रहरी चौकीको ७४ लाख ४६ हजार र महमाई प्रहरी चौकीको ९७ लाख ३२ हजार रहेको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

      गाविसमा रहेका हरेक चौकीमा सात देखी १० जना सम्म शुरक्षाकर्मी रहने भएकाले उनीहरुको आभाष र कार्यालय संचालन गर्न समस्या रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । जिल्ला प्रहरी कार्यालय इलामको स्थापना २००७ सालमा हुँदा देखी साही भवनमा रहेको हुनाले सय बर्ष भन्दा बढी पूरानो भवन भएको र पूरातात्विक भवन भएकाले भत्काउन नमिल्ने जबराले बताए । नयाँ भवन निर्माण गर्नको लागी जग्गाको समेत समस्या रहेका उनले बताए ।
    भएको चौकीहरुलाइृ ब्यवस्थीत रुपमा संचालन गर्न समस्या रहेको र थप ११ वटा चौकीको माग समुदायबाट आएको  उपरीक्षक जबराले बताएका छन्
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रहरीको बासस्थान नै भाडामा ? (सबै पढ्न तलको लिंक मा जानु होला) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top