728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, September 10, 2014

    ९० प्रतिशत महिलाले खिच्दछन् आफ्नो निर्वस्त्र तस्वीर

    विश्वका चर्चित सेलिब्रेटीहरुका नांगो सेल्फी तस्वीर ह्याक गरी सार्वजनिक गरिएकेा घटनाले अहिले विश्वभरि नै चर्चित छ । ओस्कार विजेता जेनिफर लरेन्स देखि लिएर केट अप्टन तथा सेलेना गोमेज जस्ता चर्चित महिलाहरु यसका सिकार भए । 

    यसको प्रमुख दोषी ह्याकर त हुँदै हो तर सेलिब्रेटीहरुको समेत गम्भीर गल्ती रहेको र आफ्नो नांगो तस्वीर खिचाउने चर्चित महिलाहरुको शौख भयानक रहेको एक अध्ययनले देखाएको छ । अमेरिकी अनलाइन कस्मोपोलिटन डट कमले गरेकेा एक सर्भेक्षण अनुसार सन् १९८२ देखि सन् २००० को सुरुसम्ममा जन्मिएका महिलामध्ये सयमा ९० जनाले आफ्नो नांगो तस्वीर खिचिसकेका छन् ।

     भलै कतिले त्यो खिचेर डिलिट गरिसकेका होलान् वा कतिले त्यसलाई सुरक्षित राखेका वा सार्वजनिक समेत गरिसकेका छन् । ७५० जना आफ्ना पाठकमा गरेको अनलाइन सर्भेमा सहभागी गराइएका मध्ये ९९ प्रतिशत महिला थिए ।


     उनीहरु मध्ये हरेक १० मा ९ जनाले आफुले जिउ नांगो बनाएर आफ्नो तस्वीर खिचिसकेको बताए । ती मध्ये ८४ प्रतिशतले खुसीसाथ यस्तो काम फेरी पनि दोहोराउने बताएका छन् । निर्धक्कसाथ यस्तो जोखिमपूर्ण कार्य गर्ने युवतीहरुको औषत उमेर २१ वर्ष छ । निकै कम युवतीहरुमा मात्र आफ्नो निर्वस्त्र तस्वीर लिक होला र सार्वजनिक भएर आफ्नो प्रतिष्ठामा आँच आउने भन्ने कुराको हेक्का रहेको पाइएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ९० प्रतिशत महिलाले खिच्दछन् आफ्नो निर्वस्त्र तस्वीर Rating: 5 Reviewed By: Unknown
    Scroll to Top