२५ भदौ, काठमाण्डौ । गैरकानुनीरुपमा अमेरिका छिर्न खोज्ने ३४ नेपाली युवा दक्षिण अमेरिकी मुलुक कोष्टारिकामा पक्राउ परेका छन् ।
गत शुक्रबार र सोमबार कोष्टारिका प्रहरीले भिन्नाभिन्नै स्थानबाट उनीहरुलाई पक्राउ गरेको त्यहााको सार्वजनिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
उनीहरुलाई निकारागुवातर्फ लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोमबार पनामा सीमा क्षेत्रबाट थप २७ जना पक्राउ परेका छन जसमध्ये सवै नेपाली हुन् । इक्वेडरबाट कोष्टारिका हुादै
निकारागुवातर्फ लैजाने क्रममा उनीहरु बसेको स्थानबाट प्रहरीले पक्राउ गरेको हो । सार्वजनिक सुरक्षामन्त्री सेलो गाम्बाले स्थानीय टिको टाइम्स पत्रिकालाई भने-‘उनीहरुको अन्तिम गन्तब्य संयुक्त राज्य अमेरिका रहेको पाइएको छ, मानव बेचबिखनमा संलग्न गिरोहको पहिचान गर्ने कोसिस गरिरहेका छौं ।’
.jpg)
0 comments:
Post a Comment