728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, September 1, 2014

    विद्यालयमै प्रवेश गरी छुरी धसेर तीन बालबालिकको हत्या, पाँच गम्भीर घाइते

    बेइजिङ : प्राथमिक तहका बालबालिकालाई अध्ययन गराइरहेको एक विद्यालयमै प्रवेश गरी एकजना चिनियाँ युवकले छुरी धसेर तीन बालबालिकाको ज्यान लिएको छ।



    उसले सो विद्यालयमा प्रवेश गरी अध्ययनरत बालबालिकालाई छुरी धसेको थियो । उसले आठजनालाई तारो बनाएको थियो भने ती मध्ये तीन जनाको ज्यान गएको छ ।बाँकी पाँच बालबालिका गम्भीर रुपमा घाइते भएका छन् । चेन उपनाम गरेको सो व्यक्ति बालबालिकालाई यसरी हमला गरेपछि आफूले पनि एक अग्लो घरबाट हामफालेर आत्महत्या गरेको बताइएको छ ।


    चीनको मध्य प्रदेश हुबेइको सियानस्थित विद्यालयमा सो हत्याकाण्ड भएको हो । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार तीनजना बालबालिका घटनास्थलमै मारिएका छन् ।सो हत्यापछि प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा सो हत्याराले आफूले उक्त विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न नपाएको कारण विद्यालयमै प्रवेश गरी त्यहाँ अध्ययनरत बालबालिकाको हत्या गरेको पाइएको उल्लेख छ ।


    तर सो क्षेत्रको एक स्थानीय टेलिभिजन सियानले दिएको जानकारी अनुसार सो विद्यालयमा तीनभन्दा बढी बालबालिका मारिएको बताएको छ । उक्त टेलिभिजनको ट्वीटर अकाउन्टमा दिइएको सो समाचारमा मारिनेको नाम भने दिइएको छैन ।त्रतर त्यसअनुसारको सूचना दिन स्थानीय प्रहरी अधिकारीले भने मानेनन् । उनले भने– मलाई यो भन्दा बढी थाहा छैन, प्रहरीले अनुसन्धान सुरु गरेको मात्र छ ।


    चीनमा छुरी धसेर गर्ने यस्ता हत्याका घटनाहरुमा वृद्धि भइरहेको बताइएको छ । पछिल्ला वर्षहरुमा बालबालिकालाई नै यसरी हत्या गर्ने गरेका घटनामा वृद्धि भइरहेको बताइएको छ । रासस/एएफपी
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: विद्यालयमै प्रवेश गरी छुरी धसेर तीन बालबालिकको हत्या, पाँच गम्भीर घाइते Rating: 5 Reviewed By: Unknown
    Scroll to Top