728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, September 1, 2014

    एक खुट्टाले नाचेर कमाएको सम्पत्ति गुण्डाहरू लुटेर खायो : रोमा न्यौपाने

    अष्ट्रेलिया । नारी कुञ्जको प्रस्ताव स्वीकारेर (म) रोमा न्यौपाने (पोखरेल)अष्ट्रेलियामा छु । कलाकारका साथ लागेर थुप्रै अन्य व्यक्ति विदेश गएर लुक्ने प्रवृति छ 
     यसका लागि कलाकारलार्इ किन्न नै खोज्छन् यस्तो प्रस्ताव मैले स्वीकार्न सकिन । श्रीमान चिरन पोखरेलले अरुको ऋण लिएर मेरो नाममा ठमेलमा रेष्टुरेन्ट खोल्नु भएको थियो । म कार्यक्रममा गईरहने भएकोले रेष्टुरेन्टमा त्यति ध्यान दिन सक्दिन थिए ।


    रेष्टुरेन्टको उद्घाटन समाजसेवी दिल सोभा दिदि मार्फत गराएको थिए । मेरो कारण मिडियाले पनि रेष्टुरेन्टको खुब प्रचार प्रसार गर्यो । कलाकार भएको र विदेश गैरहने त्यस माथि ठमेलमा त्यत्रो रेष्टुरेन्ट छ, पैसा पनि टन्न छ भनेर ति टी भी च्यानलहरुले खुब प्रचार गरे । यस कारण साथी भार्इ तथा सर्व साधारणमा पनि रोमा संग टन्न पैसा छ भनेर भ्रम भयो । तर वास्तविकता त्यस्तो थिएन ऋण लगानी गर्ने ४(५ जना व्यक्तिले ऋण उठाउन दबाव दिन थाले । ब्लैकमेल गरि असुल्न खोजे, बिभिन्न किसिमका धम्कि दिने, अफवाह फैलाई दिने सम्म गरे ।

    केहि नलागेर उनीहरुले अफिस तोडफोड गरिदिने, चाबी लगाइदिने, घरबेटी, कामदार, कर्मचारीलार्इ समेत रकम खार्इ भागेको भनि भ्रम फैलाउने तथा विभिन्न किसिमका अपmवाह फैलाई गुन्डा प्रयोग गरेर हाम्रो व्यवसाय कब्जा गरे १ त्यसकारण हामीले असुरक्षा महसुस गरि प्रहरी प्रशासनमा शान्ति सुरक्षा तथा लगानीको सुरक्षा गरि पाउँ भनि निवेदन समेत दिनु परेको अवस्था छ । गरिखाने बाटो लुटेर पनि रोमा संग अझै टन्न पैसा छ, भनेर श्रीमानलार्इ प्रयोग गरे अझै पैसा लुट्न सकिन्छ भनेर चिरनलार्इ फसाए र मेरो पनि दिल सोभा जस्तै बदनाम गर्छौ भनेर ४-५ जना बिगत ३-४ महिना देखि नै मेरो पछि लागिराखेका थिए । अहिले सबै कुरा मिडियामा आउछ भनेर पुलिस लगाएर चिरनलार्इ थुनाए र झुट्टा मुद्दा लगाएका छन्, एक दिन सत्यको जित हुन्छ रोमाले न्युज अभियान डटकमसँगको कुराकानीमा भनिन् ।


    ठमेलमा व्यवसाय गर्न कर्मचारी तलब, घर भाडा अतिरिक्त, पुलिस खर्च र गुन्डा खर्च पनि गर्न सक्नु पर्छ, रोमाले भनिन् । पुलिस खर्च र गुन्डा खर्च न छुट्याए त ठमेल मा बस्नै सकिँदैन । के हाम्रो गल्ति पुलिस खर्च र गुन्डा खर्च जुटाउन नसक्नु हो ? रोमा एक खुट्टा नभएर पनि नाच्न सकिन्छ भन्ने पहिचान बनाईसकेकी
    कलाकार हुन् । रोमा ऑस्ट्रेलिया छन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: एक खुट्टाले नाचेर कमाएको सम्पत्ति गुण्डाहरू लुटेर खायो : रोमा न्यौपाने Rating: 5 Reviewed By: Unknown
    Scroll to Top