728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, September 6, 2014

    हरेक दिन खान नहुने खानेकुरा (सबै पढ्न तलको लिंक मा जानु होला)

    तपाईं हरेक दिन स्वस्थ खाना खानका लागि निकै ध्यान दिनुहुन्छ तर त्यही खानेकुरामा गरिएको सानो गल्तीका कारण तपाईंले चाहे अनुरुपको प्रतिफल पाइराख्न नसक्नु भएको हुनसक्छ । जसले गर्दा तौलमा कमी आउने वा तौल व्यवस्थापन गर्न गाह्रो र समयमा सोचे अनुसारको परिणाम नआउन सक्छ ।

    कहिलेकाहीँ हानिकारक नहुने वा नदेखिने खानाले पनि तपाईंको तौल व्यवस्थापनलाई निकै असर गरिराखेको हुन्छ । जसबारे हामी धेरै अनभिज्ञ हुन्छौं । यी खानाहरु हामीले हरेक दिन खायौं भने यसले हाम्रो तौल व्यवस्थापनमा निकै असर पु¥याउन सक्छ ।

    १) दुधःहुनतः दुध एक स्वस्थवर्धक पेय हो तर यसले पनि तौल व्यवस्थापनमा असर गरिराखेको हुन्छ । यदी तपाईं सुत्न अघि, खाना वा खाजामा हरेक दिन दुध खानुहुन्छ भने यसलाई एक महिनाको लागि रोक्नुहोस् । यसले तपाईंलाई तौल घटाउन र अनुहारमा भएका डण्डीफोर हटाउन मद्दत गर्छ ।
    २) खानापछि गुलियो खानेकुराःधेरै मानिसहरुलाई खानापछि केही गुलियो खानेकुरा खाने बानी हुन्छ । यो अनावश्यक हो । यदी तपाईं हरेक दिन खानापछि पनि गुलियो खानुहुन्छ भने यसलाई तुरुन्तै रोक्नुहोस् । हप्ताको एक दिन आफूलाई उपहार दिए जसरी खानुभयो भने चाँही यसले त्यति असर गर्दैन ।
    ३) साँझ भारी खाजाःदिउँसो र रातीको खानाको बीचको समयमा तपाईंलाई कतिको भोक लाग्छ ? हामी मध्ये प्रायः धेरैलाई दिउँसो खाजा मज्जाले खाने बानी छ । समोसा, मोःमोः जस्ता खाजा त हाम्रो प्रिय नै भयो । यसले तपाईंको तौल घटाउन कुनै मद्दत गर्दैन । यसको साटो उच्च प्रोटिन भएका खानेकुरा जस्तै बदामहरु बोक्नुपर्छ जसले गर्दा तपाईं भोकले गर्दा बेहोस् नहुनुहोस् ।
    ४) आलुःआलुमा बासो नभए पनि हावार्ड विश्वविद्यालय हालै गरिएको एक अध्ययनले आलुले कालान्तरमा मानिसको तौल बृद्धि गर्ने देखाएको छ । तपाईं घरमा आलु हालेर स्वस्थ तरकारी खानुहुन्छ होला । त्यसमा आलु थपेर अझ स्वादिलो बनाउनुहुन्छ होला । यसले तौल घटाउनेभन्दा तौललाई अझ बढाउने छ ।
    ५) ‘स्वस्थ स्न्याक’:बजार स्वस्थ स्न्याक भनेर विभिन्न खानेकुरा पाइन्छ । विज्ञापनमा पनि यिनीहरु असली खाना जतिकै पोषिलो हुने बताइन्छ । तर यस्ता प्रशोधित खानाहरुले पनि तपाईंको तौल वृद्धि गरिरहेको हुन्छ । ख्याल राख्नुहोस् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: हरेक दिन खान नहुने खानेकुरा (सबै पढ्न तलको लिंक मा जानु होला) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top