काठमाडौं, भाद्र २३ । अमेरिकामा इबोला भाइरसविरुद्धको खोपले बाँदरमा सकारात्मक प्रभाव देखिएको छ । खोप लगाएपछि बाँदरलाई लामो समयसम्म इबोला भाइरसविरुद्ध लड्ने क्षमता देखिएको अमेरिकी वैज्ञानिकहरुले बताएका छन् । अब उक्त खोप यसै हप्ता नै मानिसमा पनि परीक्षण सुरु गरिने जनाइएको छ ।
वैज्ञानिकहरुले आगामी दिनमा यो खोप मानिसमा पनि सफल परीक्षण हुने सम्भावना बढेको बताएका छन् । सुरुमा अमेरिकामा यस खोपको मानिसमा परीक्षण गरेपछि बेलायत र अफ्रिकामा पनि परीक्षण गरिने छ ।
अमेरिकाको नेसनल इन्टिट्युच अफ हेल्थमा गरिएको परीक्षणमा इबोला भाइरसविरुद्ध बाँदरमा लगाइएको खोपबाट ५ हप्तासम्म बाँदर इबोलाबाट सुरक्षित रहेको थियो । यस खोपमा इबोला डीएन र एक भाइरसलाई मिश्रण गरिएको थियो ।
वैज्ञानिकहरुले खोपको मात्रा बढाएमा इबोलाबाट १० महिनासम्म सुरक्षा दिनसक्ने बताएका छन् । पश्चिम अफ्रिकामा महामारीको रुपमा फैलिएको इबोलाका कारण हाल सम्म २१ सयको मृत्युु भैसकेको छ । (एजेन्सी)
.jpg)
0 comments:
Post a Comment