काठमाडौं, भाद्र २३ । अफगानिस्तानमा सामूहिक बलात्कारको एक घटनामा त्यहाँको अदालतले ७ जनालाई मृत्युदन्डको सजाय सुनाइएको छ ।गत अगस्टमा विवाहबाट घर फर्कंदै गरेका ४ महिलालाई अपहरण गरी हिंसा गरेको अभियोगमा ती ७ जना दोषी सावित भएका थिए ।
ती मध्ये २ जनाले आफूहरुले डकैती गरेको तर बलात्कार नगरेको बताएका थिए ।
अफगानिस्तानका राष्ट्रपति हमिद कारजाइ समेतले दोषीलाई मृत्युदन्डको सजाय दिनुपर्ने माग गरेका थिए ।
अभियुक्तहरुले अदालतको फैसलाविरुद्ध अपील भने गर्न सक्ने जनाइएको छ । (एजेन्सी)
0 comments:
Post a Comment