728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, September 8, 2014

    सिंगल परिणीतिको डेट गर्ने चाहना (सबै पढ्न तलको लिंक मा जानु होला)

    मुम्बई, बलिउड अभिनेत्री परिणीति चोपडा हिजोआज आदित्य रोय कपूरका साथमा आफ्नो अपकमिङ फिल्म ‘दावत-ए-इश्क’ को प्रमोशनमा व्यस्त छिन । परिणीतिको कुराहरूबाट यस्तो लाग्दछ कि उनी अहिले गम्भीरतासंग रिलेशनशिपलाइ लिएर सोचिरहेकी छन ।

     परिणीति चोपडाले यो कुरा आफैं स्विकार गरेकी छन कि उनलाइ बी टाउनका कुनै युवकका साथमा डेट गर्न कुनै समस्या छैन । यति मात्र हैन हालै मात्र परिणीतिले एक इभेन्टका क्रममा यो पनि भनेकी थिइन कि उनी सिंगल रहेर थाकिसकेकी छन ।

     उनी यदि इन्डस्ट्रीका कुनै युवकले डेट गरेमा खुसी हुने कुरा बताउँछिन । यद्दपी, उनले अहिलेनै यो कुरा भने भनिनन कि उनी कसैसंग अट्र्याक्ट भएकी छन । परिणीतिका अनुसार उनी आफ्ना सबै को-स्टार्सका साथमा फ्रेन्डली छन । आदित्य रोय कपूर, अर्जुन कपूर र रणवीर सिंहसंग उनको राम्रो मित्रता छ ।

     तर कहिल्यै पनि यी तीनै जना एक्टरसंग उनलाइ रिलेशनशिपको फिलिङ आएन । परिणीतिको नाम अदय चोपडा र उनको फिल्म ‘लेडीज भर्सेज रिकी बहल’ का डाइरेक्टर मनीष शर्माका साथमा जोडिइसकेको छ । तर परिणीतिले यी सबै कुराहरू हल्ला भएको बताएकी छन । परिणीति चोपडा र आदित्य रोय कपूर को नयाँ फिल्म ‘दावत-ए-इश्क’ १९ सेप्टेम्बरमा रिलिजको तयारीमा रहेको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सिंगल परिणीतिको डेट गर्ने चाहना (सबै पढ्न तलको लिंक मा जानु होला) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top