सुनसरी, भाद्र २२ । सुनकोशी थुनिएर बनेको ताल फुटेपछि सप्तकोशी नदीबाट हुनसक्ने सम्भावित क्षतिको डर कम भएको छ ।
सिन्धुपाल्चोकको राम्चेबाट झरेको पहिरोले थुनेको सुनकोशी नदी बग्न थालेपछि त्यसले सप्तकोशीमा पानीको बहाव ह्वात्तै बढ्ने र आसपासका क्षेत्रमा क्षति हुनसक्ने अनुमान गरिएको थियो ।स्थानीय प्रशासनले समेत सुनकोशी फुटेर बग्न थालेपछि सुनसरी र सप्तरीमा उच्च सर्तकता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको थियो ।
तर, सुनकोशीको पानी सप्तकोशी ब्यारेजमा आइपुग्दा कुनै ठूलो असर नदेखिएको भन्दै स्थानीय प्रशासनले क्षतिको सम्भावना कम भएको जनाएको छ ।
सप्तकोशीमा शनिबार पानीको बहाव प्रतिसेकेन्ड १ लाख १५ हजार ४ सय ८५ क्युसेक मापन गरिएको छ ।
-
0 comments:
Post a Comment