728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, September 9, 2014

    ‘जोसँग बिहे हुन्छ उसैसित सेक्स गर्छु ????????????

    काठमाडौं । नवोदित अभिनेत्री निशा नेपाल निकै सुन्दर छिन् । झलक्क हेर्दा बलिउडकी अभिनेत्रीभन्दा कम नदेखिने उनलाई पनि ‘राम्री छु’ भन्ने अनुभूति भएको रै’छ । जतिखेर आफ्नो सुन्दर रुपमा लोभिएका केही स्कुल छाड्न बाध्य भए, केही रेस्टिकेट, त्यसपछि नै निशालाई आफू ‘राम्री रै’छु’ भन्ने भान हुन थालेको हो । ‘यो कथा हो तिम्रो मेरो’, नोभेम्बर रेन’, ‘अपेक्षा’लगायतका चलचित्रमा अभिनय गरिसकेकी निशाले आफ्नो स्कुले जीवन सम्झिँदै भनिन्, ‘सात कक्षामा पढ्दा मेरै कारणले स्कुल छाड्नु प-यो । 


    दुईजना त रेस्टिकेड नै भए ।’ किन नि ? काभे्रकी निशा भन्छिन्, ‘नाम त भन्दिनँ, एकजना केटाले मलाई प्रेमपत्र लेख्यो । तर, म उनलाई मनपराउँदिन थिएँ । त्यसैले उनले लेखेको प्रेमपत्र प्रिन्सिपललाई देखाउँन लगेँ । त्यो थाहा पाएपछि त्यो केटा भोलिपल्टदेखि स्कुल नै आएन ।’ आफूलगायत अन्य केटीलाई जिस्काएको आरोपमा दुईजनालाई स्कुलले रेस्टिकेट गरेको निशाले बताइन् ।

     निशाकै घरनजिकको स्कुलको कुरा हो, जहाँ निशा पढ्थिइन् । हाल भने निशा चलचित्र अभिनय र मोडलिङसँगै पासाङल्हामु शेर्पा कलेजमा स्नातक तहमा अध्ययरत छिन् । स्कुल पढ्दाखेरी त निशाको सुन्दरतामा केटाहरु लट्ठिएर रेस्टिकेटसम्म भए, अहिलेको हाल अझ कस्तो होला ? ‘भनि साध्यै छैन’ निशाले पोल खोलिन्, ‘माक्स लगाएर हिड्डासमेत वाह, क्या सेक्सी भन्दै जिस्काउँछन् ।’ तर, कसैले बाटोमा सेक्सी भन्दैमा निशालाई रिस भने उठ्दैन रे । निशा भन्छिन्, ‘सेक्सी भन्ने शब्द नराम्रो त होइन नि, त्यसैले किन रसाउने रु मलाई त लाग्छ, कसैले सेक्सी भन्यो भने आफू निकै राम्री रै’छु भन्ने पो लाग्छ ।’

     निशा केही समय यता अभिनयमै करिअर बनाउँछु भनेर संघर्षरत छिन् । उनी अभिनीत अधिकांश चलचित्र रिलिज भएका छ्रैनन् । केही रिलिज भए, ती चलचित्रमा निशाको गतिलो भूमिका थिएन । तर, अब भने उनी मुख्य नायिका भएको केही चलचित्र चाँडै रिलिज हुँदैछ । ‘काफल पाक्यो’, ‘रातपरेपछि’ र ‘अपेक्षा’ रिलिजको तयारीमा छन् । यी चलचित्रमा निशाको मुख्य भूमिका देख्न पाइने छ । उनी आशावादी पनि छिन् । निशा भन्छिन्, ‘यसअघि रिलिज भएका चलचित्रमा मेरो साइड रोल मात्र थियो । त्यसैले आशा पनि गरेकी थिइनँ । तैपनि नोभेम्बर रेनबाट भने राम्रो प्रतिक्रिया पाएँ ।

     यसमा खुसी छु । अब आउन लागेका चलचित्रबाट भने आशावादी छु । मिहिनेत गरेर काम गरेकी छु ।’ करिअर निर्माणको क्रममा रहेकाले प्रेम–स्रेमका कुनै चासो दिएकी छैन । प्रेम प्रस्ताव आउनु भनेको मेरा लागि काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ भन्ने उखानजस्तै हो ।’ निशा यति धेरै अडिक भएर उपस्थित भइन् कि, उनले भन्दैगइन, ‘जुन केटासँग प्रेम गर्छु, त्यहीसँग बिवाह पनि ।

     मेरो नजरमा चानचुने कटा पर्दैन ।’ आफ्नो पेसाको सम्मान गर्ने, पढेको र बाहिरी लुक्स पनि छ्या भन्ने खालको नभएको पुरुष आफ्नो जीवनसाथी हुनसक्ने निशाले सुनाइन् । हेर्दा निकै सेक्सी र बाटो हिड्दासमेत ‘सेक्सी’ भन्दै जिस्काइ खाने निशा बिवाह अगाडिको सेक्सलाई मान्यता दिन्नन् । उनी भन्छिन्, ‘म पक्का मान्छे हुँ, जोसँग बिवाह गर्छु, उसैसँग सेक्स पनि । यो कुरा मलाई बिहे गर्ने पुरुषले त्यतिखेर नै फिल गर्नेछ ।’
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ‘जोसँग बिहे हुन्छ उसैसित सेक्स गर्छु ???????????? Rating: 5 Reviewed By: Unknown
    Scroll to Top