काठमाडौं, भाद्र २३ । आज इन्द्रजात्रा पर्व । काठमाडौं उपत्याकाका नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत इन्द्रजात्रा पर्व मनाउँदै छन् ।
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायतका स्थानमा मनाउने गरिन्छ ।
भाद्र शुक्ल द्धादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । इन्द्रजात्राको अवसरमा सरकारले उपत्यकामा आज सार्वजनिक बिदासमेत दिएको छ ।
यसअघि, तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जंगलमा पर्साएर छोडिएको बोकाले छोएको रुख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिंगो ठड्याइएको थियो ।
इन्द्रजात्राका अवसरमा आज अपराह्न कुमारी, गणेश र भैरवको रथयात्रा गरिँदै छ । रथयात्राको राष्ट्रपति डा. रामवरण यादवले अवलोकन गनेछन् । यो पर्व
.jpg)
0 comments:
Post a Comment