728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, September 9, 2014

    हेल्लो शुभ बिहानी सबैलाई हेर्नुहोस आजको पञ्चाङ्ग र राशिफल हेर्नुहोस

    वि.सं. २०७१ भाद्र २४ गते मङ्गलबार तदनुसार ई. सं. २०१४ सेप्टेम्बर ०९ तारिख, प्लवङ्ग नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिर्गताब्द : ५११५, शालीवाहनीय शाके : १९३६, नेपाल संवत् : ११३४, मञ्जुश्री वर्ष : २८५०, हिजरी संवत् : १४३६, किरातवर्ष : ५०७४, आजको व्रत/पर्व : सोह्रश्राद्ध प्रारम्भ, प्रतिपदा श्राद्ध, इन्द्रदहस्नान र सिद्धपोखरी मेला, नेवारी पर्व ययाँ पुन्हि भाद्रपद शुक्लपक्षको पूर्णिमा तिथि, बिहान ०७:५१ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, पूर्वाभाद्रा नक्षत्र, बिहानको राती ०३:४२ बजेसम्म, त्यसपछि उत्तराभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा, बेलुका १०:०५ बजेसम्म, त्यसपछि मीन राशिमा, धृति योग, दिउँसो ०१:२७ बजेसम्म, त्यसपछि शूल योग, कौलव करण, साँझ ०६:४३ बजेसम्म त्यसपछि तैतिल करण, आनन्दादि योग : काण, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : वायव्य, वारशूल : उत्तर, नक्षत्रशूल : दक्षिण, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३८ बजे र सूर्यास्त : साँझ ०६:०७ बजे दिनमान : ३१ घडी ११ पला (१२ घण्टा २८ मिनेट), रात्रीमान : २८ घडी ४९ पला (११ घण्टा ३२ मिनेट) काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:४५ बजे र सूर्यास्त : साँझ ०६:१५ बजे पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५१ बजे र सूर्यास्त : साँझ ०६:२१ बजे घोराही, दाङ, नेपालमा सूर्योदय : बिहान ०५:५७ बजे र सूर्यास्त : साँझ ०६:२७ बजे कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:०५ बजे र सूर्यास्त : साँझ ०६:३६ बजे राहुकाल, यमघण्ट र गुलिककाल — राहुकाल दिउँसो ०२:५९ देखि ०४:३३ सम्म) यमघण्ट काल बिहान ०८:४५ देखि १०:१९ सम्म) 

    गुलिककाल दिउँसो ११:५२ देखि ०१:२६ सम्म) आजको बारबेला : रोग वारवेला बिहान ०५:३८ देखि ०७:१२ सम्म, साँझ ०४:३३ देखि ०७:३३ सम्म र बिहानको राती ०४:१२ देखि ०५:३८ सम्म काल वारवेला दिउँसो ०१:२६ देखि ०२:५९ सम्म र साँझ ०७:३३ देखि ०८:५९ सम्म लाभ वारवेला बिहान १०:१९ देखि ११:५२ सम्म र बेलुका ०८:५९ देखि १०:२६ सम्म उद्वेग वारवेला बिहान ०७:१२ देखि ०८:४५ सम्म र बेलुका १०:२६ देखि ११:५२ सम्म शुभ वारवेला दिउँसो ०२:५९ देखि ०४:३३ सम्म र मध्यरात्रीपूर्व ११:५२ देखि ०१:१९ सम्म अमृत वारवेला दिउँसो ११:५२ देखि ०१:२६ सम्म र मध्यरात्रीपछि ०१:१९ देखि ०२:४५ सम्म चर वारवेला बिहान ०८:४५ देखि १०:१९ सम्म र मध्यरात्रीपछि ०२:४५ देखि ०४:१२ सम्म आगामी ७ दिनभित्रका व्रत/पर्व तथा शुभ मूहुर्त :— २५ गते : सोह्रश्राद्धअन्तर्गत द्वितीया श्राद्ध, नेवारी पर्व पुञ्चलीभुजा, २६ गते : सोह्रश्राद्धअन्तर्गत तृतीया श्राद्ध, नेवारी पर्व गातिला, २७ गते : सोह्रश्राद्धअन्तर्गत चतुर्थी श्राद्ध, इन्द्रध्वजपातन, नेवारी पर्व नानिचाया, २८ गते : सोह्रश्राद्धअन्तर्गत पञ्चमी श्राद्ध, २९ गते : सोह्रश्राद्धअन्तर्गत षष्ठी श्राद्ध, बालदिवस, त्रिपुष्कर योग राती १०।४४ बजेदेखि मध्यरात्रीपछि १२।१९ बजेसम्म, ३० गते : सोह्रश्राद्धअन्तर्गत सप्तमी श्राद्ध, ३१ गते : भौमाष्टमी व्रत, महालक्ष्मी व्रत समाप्त, गोरखकाली पूजा, सोह्रश्राद्धअन्तर्गत अष्टमी श्राद्ध, जीवत्पुत्रिका व्रत (जितीया पर्व) आजको राशिफल

     मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – अशुभ समाचारको आगमनले मनमा उदासी छाउने छ । सामाजिक सभासमारोहमा समय खर्च हुनाले केही गर्नैपर्ने काम रोकिन सक्छन् । राजनैतिक वातावरणले निराशा हुनेछ । खानपिनमा तलबितल पर्नसक्छ । राज्यपक्ष वा प्रशासनिक काममा ढिलासुस्ती हुने योग छ । झैझगडाभन्दा टाढा रहनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

     बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । आम्दानीमा कमी आउने छ । पारिवारिक जीवनमा धमिलोपना आउने छ । अभिभावकवर्ग, गुरुजन र ठूलाबडासँगको सम्बन्धमा चिसोपन बढ्न सक्छ । पैतृक सम्पत्ति र अचल सम्पत्तिमा विवाद हुनसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

     मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आज कामको दायित्व थपिने छ । सार्वजनिक हीत र परोपकारका क्षेत्रमा सक्रियता बढ्नाले प्रशंसा प्राप्त हुने योग छ । परिवारभित्रै वा छरछिमेकमा धार्मिक कार्य सम्पन्न हुनेछ, जसमा तपाईंको भूमिकाको खोजीहुनेछ । आम्दानीमा कमी आउने छैन । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

     कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आज अनावश्यक र झर्को लाग्दो यात्रा हुने सम्भावना छ । अरुले तपाईंका आन्तरिक क्रियाकलापको चियोचर्चो गर्नेछन् । काममा ढिलासुस्ती हुने योग छ, त्यसैले सानो कमजोरी वा भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

     सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – प्रेमसम्बन्ध वा प्रणयप्रसंगमा तिक्तता आउन सक्छ । सामान्य विवादले ठूलो रूप लिन सक्छ, सचेत भई काम गर्नुहोला । सरकारी जागिरेका लागि कामको चाप बढ्ने समय छ, तर कामबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछैन । निरर्थक र प्रतिफलरहित दिक्कलाग्दो यात्राको सम्भावना समेत देखिन्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

     कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्ला । बन्दव्यापार र उद्योगधन्दामा बेफाइदा हुनेछ । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । वैदेशिक यात्राका लागि गरिएको प्रयास सार्थक हुनेछैन । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

     तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – मानसम्मानमा बृद्धि हुनेछ । आज मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

     बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – परिवारभित्रकै सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिनाले समय र धन खर्च हुने सम्भावना छ । आफूस्वयंलाई अस्वस्थताको अनुभव हुनेछ, शरीरमा चोटपटकको भय छ । खानपिनमा नियन्त्रण गर्नु बेस हुनेछ, साँझमा पाचनप्रणालीमा हुने गडबडीले पिरोल्नसक्छ । जीवनसाथीसित ठाकठुक पर्नसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – आजको दिन सामान्यतया राम्रो दिन छैन । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेहरुले सास्ती ब्यहोर्नु पर्छ । सामाजिक काममा खट्नु पर्छ, तर त्यसले असन्तुष्टि र निराशा बढ्न सक्छ । अरुले गरेका गल्ती र कमजोरीको गुणदोष सबैको जिम्मा आफैंले लिनु पर्नेछ । गलत चिन्तन र तर्कमा घोरिन सक्नुहुन्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । सामाजिक काममा संलग्न हुनुपर्ला । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । छरछिमेकी वा नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ । विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

     कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आज तपाईंले कतिपय राम्रा अवसर प्राप्त गर्नुहुनेछ । मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले सरसहयोग गर्नेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

     मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनुहवस् । नचाहेको जिम्मेबारी वहन गर्नुपर्ने हुनसक्छ । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्तित हुने सम्भावना छ । खर्चको मात्रा बढ्न सक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: हेल्लो शुभ बिहानी सबैलाई हेर्नुहोस आजको पञ्चाङ्ग र राशिफल हेर्नुहोस Rating: 5 Reviewed By: Unknown
    Scroll to Top